MENU

समाज

ujyaalo forign call inside

अटो दुर्घटनामा एक जनाको ज्यान गयो

कञ्चनपुर, फागुन २९ – महेन्द्रनगर राजमार्ग सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

भिमदत्त नगरपालिका–६, वनगाउँमा अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । अटो महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाने क्रममा सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा चालक गम्भीर घाइते भएको र उहाँको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । अनटेस्ट अटो भएकाले मृतकको शनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको र आफन्तको खोजी कार्य भइरहेको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिनुभयो । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया