MENU

राजनीति

ujyaalo forign call inside

​सुझाव नमानेकोमा सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीश पराजुलीसँग असन्तुष्ट, तीनवटा इजलास बसेनन्

काठमाडौं, फागुन २९ – प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिको विवादका कारण सर्वोच्च अदालतका इजलास पनि प्रभावित हुन थालेका छन् ।

प्रधानन्यायाधीश पराजुलीले फरक–फरक जन्म मितिको कागजात पेश गरेको विषयमा सञ्चारमाध्यममा प्रकाशित खबर र त्यसले अदालतको अवहेलना भएको विषय लम्बिदै जाँदा मंगलबार प्रधानन्यायाधीश पराजुलीले तोकेकामध्ये तीनवटा इजलासका न्यायाधीशले इजलास बहिष्कार असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रधानन्यायधीशको विवादकै कारण न्यायाधीशहरु डाक्टर आनन्दमोहन भट्टराई र इश्वर खतिवडा, हरिकृष्ण कार्की र सपना प्रधान मल्ल, विश्वम्भर श्रेष्ठ र अनिलकुमार सिन्हाको इजलास बस्न नसकेको हो ।

सर्वोच्चका न्यायाधीशहरुले सोमबार प्रधानन्यायाधीश पराजुलीलाई सर्वोच्चको न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिए पनि उहाँले मंगलबार इजलास तोकेपछि न्यायाधीश असन्तुष्ट रहेको बुझिएको छ ।

अरु इजलासमा भने सुनुवाई भइरहेको छ । सोमबार प्रधानन्यायाधीशले फरक–फरक जन्ममिति भएका कागजात पेश गरेर कार्यकाल लम्ब्याएको ठहर गर्ने न्यायाधीश चोलेन्द्रसमशेर जबरालाई मंगलबार कुनै इजलास तोकिएको छैन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया