MENU

समाज

ujyaalo forign call inside

व्यवसायीको हत्यामा संलग्न तीन पक्राउ, कारवाहीको माग गर्दै बजार बन्द

शुष्मा राजवंशी/उज्यालो । 

झापा, फागुन २९ –  बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा  प्रहरीले  तीन जनालाई पक्राउ गरेको छ ।

ऋद्धिसिद्धी ज्वेलर्स बिर्तामोडका सञ्चालक पारस देवसहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । माओवादीका पूर्व लडाकु पाँचथर फिदिमबाट गएराति पक्राउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् ।

गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा सडकबाट २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

यसैबीच व्यवसायीको अपहरणपछि हत्या गरिएको भन्दै विर्तामोडका व्यवसायी आन्दोलित भएका छन् । हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै व्यवसायीले मंगलबारबाट बिर्तामोडको बजारका पसल, उद्योग व्यवसाय बन्द गराएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुुुनचाँदी ब्यवसायी संघ झापाले व्यवसायीको  हत्याको विरोधमा हत्यारालाई कारवाहीको माग गर्दै व्यवसाय बन्द गरेर सडकमा विरोध र्‍यालीको आयोजना गरेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया