MENU

समाज

ujyaalo forign call inside

विमान दुर्घटनाकाे बारेमा जानकारी लिन बंगलादेशी टोली काठमाडौँमा

 

काठमाडाै‌ं, फागुन २९ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको यूएस बंगला विमान दुर्घटनाको बारेमा जानकारी लिन बंगलादेशको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ ।

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल, परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसहितको टोली नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् । 

दुर्घटनामा चालक दलका सदस्यसहित ५१ जनाको ज्यान गएको गृह मन्त्रालयले पुष्टि गरेको छ । घाइते २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया