MENU

राजनीति

ujyaalo forign call inside

​राष्ट्रपति चुनावको मतगणना जारी

काठमाडौं, फागुन २९ – नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानको गणना केहीबेर अघिदेखि सुरु भएको छ ।

नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएपछि केहीबेरअघिदेखि गणना सुरु भएको हो ।

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा हुनुहुन्छ । राष्ट्रपति चुनावका लागि संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

मत परिणाम आजै बेलुकासम्म आइसक्ने पनि आयोगले जनाएको छ । भण्डारीलाई एमाले, माओवादी केन्द्र र मधेश केन्द्रित दलको समर्थन रहेकाले उहाँ राष्ट्रपतिमा दोहोरिने निश्चितजस्तै छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया