MENU

समाज

ujyaalo forign call inside

सांसदको पहलमा प्राङ्से पात्ले गाउँ सडक सञ्जालमा जोडियो

काठमाडौं, फागुन २९ – रसुवाको प्राङ्से पात्ले गाउँ सडक सञ्जालमा जोडिएको छ ।  रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद मोहन आचार्यले  व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरेर उपलब्ध गराएपछि गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडक सञ्जालमा जोडिएको हो । 

रसुवाका सबै स्थानलाई सडक सञ्जालमा जोड्ने अभियान स्वरुप सांसद आचार्यले गएको माघमा सडक निर्माणका उपकरण उपलब्ध गराउनुभएको थियो । गुम्बोडाँडाबाट प्राङ्से पात्ले सडकको लम्बाई ३  किलोमिटर रहेको छ । रसुवा जिल्लाका सबै स्थानलाई सडक संञजालमा जोड्ने अभियान अन्तर्गत अहिलेसम्म ७ किलोमिटर ग्रामिण सडक निर्माण भैसकेको छ ।

यसअघि कालीका गाँउपालिकाको लामाटोलदेखि चित्रेपानी जोड्ने ४ किलोमिटर सडक निर्माण गरिएको थियो । बाटो निर्माणका लागि स्काभेटर र डोजर  सांसद मोहन आचार्यले दिनुभएको थियो भने इन्धनको व्यवस्था उपभोक्ता समितिले गरेको थियो । अब पार्वतीकुण्ड गाँउपालिकाको हाकुलाई सडक सञ्जाल सँग जोड्न बाटो खन्ने काम सुरु गर्ने पनि सांसद आचार्यले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया