MENU

समाज

ujyaalo forign call inside

बझाङमा जिप दुर्घटनामा ७ जना घाईते

बझाङ, फागुन २९ – बझाङमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । घाईतेमध्ये जिप चालक सन्तोष बोहराको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको छ । सदरमुकाम चैनपुरबाट सुर्मा गाँउपालिका जाँदै गरेको से १ ज ८९२ नम्बरको जिप सुर्मा गाँउपालिका–२ मा दुर्घटना भएको हो । 

साँघुरो सडक र अफठ्यारो मोड भएका कारण जिपको बे्रक नलाग्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक ऋर्षिराम कँडेलले बताउनुभयो । 

घाईते हुनेमा सुर्मा गाँउपालिका–१ का रमेश बोहरा, सन्तोस बोहरा, रन्जित बोहरा, झल्के बोहरा, सुर्मा–४ का अस्मिता बोहरा र सुर्मा– ३ का कलशा बोहरा रहेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया