MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​अमेरिकी विदेशमन्त्री टिलर्सन बर्खास्त

फागुन २९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गर्नुभएको छ ।

ट्रम्पले अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक माइक पोम्पेलाई नयाँ विदेश मन्त्रीमा नियुक्त गर्नुभएको छ । ट्रम्प र टिलर्सनबीच वैचारिक मतभेद रहँदै आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उत्तर कोरियासँग आगामी मे महिनामा हुन लागेको वार्ताअघि आफ्नो विशेष समूह बलियो बनाउन मन्त्री फेरबदल गरेको ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको वर्ष डिसेम्बरमा नै ट्रम्पले टिलरसनलाई हटाएर पोम्पेलाई विदेश मन्त्री नियुक्त गर्न खोजेको खबर सार्वजनिक भएपनि ह्वाइट हाउसले त्यसको खण्डन गरेको थियो ।

ट्रम्पले मंगलबार नै सिआइएको निर्देशकमा गिना हास्पेललाई नियुक्त गर्नुभएको छ । गिना सिआइएमा नियुक्त हुने पहिलो निर्देशक बन्नुभएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया