MENU

राजनीति

ujyaalo forign call inside

प्रधानन्याधीशको विषयले बार एशोसियशनमा बिवाद (भिडियो)

काठमाडौं, फागुन २९ – प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीसहरुको बढ्दो असमझदारीको विषयमा नेपाल बार एशोसिएसनका पदाधिकारीले फरक फरक धारणा सार्वजनिक गरेका छन् । नेपाल बार एशोसियशनले अदालतको अवहेलना सम्बन्धि मुद्धामा सोमबार बोलाइएको सर्वोच्चको पूर्ण इजलास न्यायाधीस चोलेन्द्रशमशेर जवराले बहिष्कार गर्नु गलत रहेको धारणा सार्वजनिक गरेको भोलीपल्ट मंगलबार एशोसिएसनका तीनजनाले असहमति जनाएका हुन् । 

बार एशोसियशनका उपाध्यक्ष उषा मल्ल पाठक, सदस्य कृष्णकुमार आङ्गदेम्बे र बिष्णुमाया भुषालले विज्ञप्ति निकालेर आफ्नै संस्थाले हिजो निकालेको विज्ञप्तिप्रति असन्तुष्टि जनाउनुभएको हो । आज निकालिएको विज्ञप्तिमा प्रधानन्यायाधीसको उमेर तथा शैक्षिक योग्यताको विषयले गम्भीर अवस्था पैदा गरेको भन्दै यस्तो संवेदनशिल विषयमा पनि बार एशोसियशनले बहुमतको आधारमा निर्णय गर्नु गलत भएको उल्लेख गरिएको छ । 

बारको यस्तो कदमले सुदृढ, सक्षम र स्वतन्त्र न्यायपालिकाको निर्माणमा प्रतिकुल असर पार्ने विज्ञप्तिमा उल्लेख छ । हिजो जारी भएको विज्ञप्तिले सुदृढ, सक्षम र स्वतन्त्र न्यायपालिकाको निर्माणमा प्रतिकुल असर पुर्याउने र बार एशोसियशनको निष्पक्ष र स्वतन्त्र साखमा असर गर्ने असन्तुष्ट पक्षले दावी गरेको छ । बार एशोसियशनका महासचिव खम्मबहादुर खातीले हिजो निकालेको विज्ञप्तिमा न्यायाधीस चोलेन्द्र शमशेर जबराको कामले न्यायपालिकाको गरिमामा आँच आएको उल्लेख गरिएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया