MENU

समाज

ujyaalo forign call inside

आइसाको हत्या भएको भन्दै परिवारद्धारा ३ जनाविरुद्ध किटानी जाहेरी

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, फागुन ३० –  आर्थिक अवस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आइसाको हत्या भएको किटानी जाहेरी दिनुभएको छ ।

मोरङ प्रहरी मार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी बुझेर पठाएको हो ।  मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दवाव पछि ललितपुरमा शंकास्पद ज्यान गुमाएकी मोरङको कटहरीकी आइसा चौधरीको हत्या भएको किटानी जाहेरी ललितपुर प्रहरीलाई पठाएको जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलका बिनय दाहाल र लिना सिलवाल (दाहाल) को घरमा घरेलुकामदारको रुपमा काम गर्दै आएकी १७ वर्षकी आइसाको चार दिन अघि शंकास्पद ज्यान गएको थियो ।

ललितपुरको सातदोबाटो प्रहरी वृतले आत्मा हत्या भएको भन्दै आइसाकी आमा गुलजारीदेवी चौधरीलाई शनिबार शव बुझाएको थियो । मंगलबार मोरङ प्रहरीले गुलजारीको जाहेरी लिएर ललितपुर प्रहरीलाई पठाएको छ ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले घटना ललितपुरमा भएको कारण छानबिनलगायतको प्रक्रिया त्यहीको प्रहरीले गर्ने भएकाले महानगरिय प्रहरी परिसर ललितपुरलाई किटानी जाहेरी पठाएको जानकारी दिनुभयो । सुकुम्बासी परिवारका गुलजारीले काठमाडौं जानआउन खर्चको अभाव भएकोले जिल्ला प्रहरी मोरङमार्फत जाहेरी पठाएको बताउनुभयो ।

जाहेरीमा आइसालाई बलत्कार गरेर हत्या गरेको उल्लेख छ । उक्त घटनामा बिनय र उहाँका सासुससुरा विराटनगर–७, का गीता सिलवाल र केशब सिलवाल विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कर्यालय मोरङमार्फत महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।
 
आइसास“ग होली पर्वको दिन १७ गते अपरान्ह फोनमा कुरा भएको थियो त्यसपछि कुरा नभएको  गुलजारीले बताउनुभयो । पारिवारिक श्रोतका अनुसार होलीपछि २५ गते शुक्रबार गीता र केशवले कटहरीको खोरियाका जयप्रकाश राजबंशीमार्फत आइसाले सुनको गहना र नगद चोरी गरेको खबर पठाएका थिए ।

‘जयप्रकाशस“गै विराटनगर–७, स्थित सिलवालको घरमा जा“दा तिम्रो छोरी प्रहरीमा रहेकोले तत्काल नागरिकता लिएर काठमाडौं जान भन्यो,’ गुलजारीले भन्नुभयो, ‘अनी गीतास“ग प्लेन चढेर काठमाडौं गएँ । एउटा किराना पसलमा एकछिन बसेर बिनय र गीतास“ग छोरीलाई छुटाउन सहीछाप गर्ने ठाउ“मा गएर सहीछाप लगाई दिए“ ।’

सहीछाप गरेर बिनयको घरमा रातिको खाना खाने बेलामा आफ्नी छोरीसँग भेटाइदिन अनुरोध गर्दा गीताले भोलि बिहान मात्रै भेट्न सकिने बताएको उहाँले सुनाउनुभयो ।  गुलजारी थारु भाषा बाहेक अन्य भाषा कमै बुझ्नुहुन्छ ।

‘बिहानको खाना खाएपछि लास भएको ठाउ“मा लगेर यही हो तिम्रो छोरी भनेर उनीहरुले देखाइदियो,’ गुलजारीले दुखेसो गर्नुभयो । ललितपुरको सातदोबाटो प्रहरी वृतका प्रहरी नायव उपरीक्षक बिनोद सिलवालले गुलजारी चौधरीले आफ्नी छोरी आफै झुण्डिएर आत्महत्या गरेको भन्दै जाहेरी दिएपछि पोष्टमार्डम गराएर सदगतका लागि शव बुझेर गएको बताउनुभयो ।

उहाँले घटना भएको २ वर्षभित्र कुनै प्रमाण भेटिए कारबाही प्रक्रियामा जाने कानूनी व्यवस्था रहेको बताउनुभयो । आपूmहरुले अहिले पनि छानबिन गरिरहेको उहाँको भनाई छ । पीडित पक्षले बिनयको सासु–ससुराको नाता पर्ने प्रहरी उपरीक्षक सिलवालले पीडकस“गको मिलेमतोमा हत्यालाई आत्महत्यामा परिणत गरेको आरोप लगाएका छन् ।

घटना  सार्वजनिक भएपछि मिलाउने षड्यन्त्र

घटनाबारे पत्रपत्रिकामा समाचार छापिएपछि घटनालाई अगाडि नबढाउन सोमबार बिनयले वडाअध्यक्ष कपुरलाल माझीमार्फत ३५ हजार नगद पीडित परिवारलाई बुझाएका छन् ।

बिनयले गुलजारीलाई घटना अघि नबढाए अन्य छोरीछोरीको पढाउन र परिवार पाल्न खर्च उपलब्ध गराउने प्रलोभन दिँदै आएको पीडित परिवारले बताएका छन् । घटना मिलाउन स्थानीय मनोज भुजेललगायतका केही राजनीतिक दलका नेताहरुले समेत दवाव दिँदै आएको गुलजारीदेवीले गुनासो पोख्नुभयो ।

उहाँले आफ्नी छोरीको हत्यारालाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया