MENU

बातावरण-कृषि

ujyaalo forign call inside

इलाममा मौरी रिसर्च सेन्टर स्थापना हुने

सुजता सुनुवार/उज्यालो ।

इलाम , फागुन २९ – इलामको रोङ्ग गाउँपालिकाले मौरी पालन व्यवसाय प्रवर्धन र मौरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ ।

गाउँपालिकाका ६ वटै वडाहरुमा मौरी पालनको सम्भावना रहेकाले गरिबी निवारणको लागि रोङ्गमा मौरी रिसर्च सेन्टर स्थापना गर्न लागिएको रोङ्ग गाउँपालिकाका अध्यक्ष शम्शेर राईले जानकारी दिनुभयो ।

राईका अनुसार रोङ्गलाई मौरी व्यवसायका लागि किपट क्षेत्र बनाउने प्रशस्त सम्भावना छ । बेरोजगारी हटाउन, पर्यावरणको जगेर्ना गर्न र युवा पलाएन रोक्न गाउँपालिकाबाट मौरी रिर्सच सेन्टरको अवधारणासहित यसवर्ष गाउँपालिकाबाट मौरी गार्डेन निमार्ण गरिने कार्यक्रम  स्वीकृत गरिएको हो  ।

बढ्दो युवा बेरोजगारी घटाउँदै रोजगारीको लागि मौरीपालन सहज भएकाले यसवर्ष मौरीपालन विकासको लागि आठ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको छ । कम आय र जग्गा भएका किसानहरुले समेत सामुदायिक वनसँगको सहकार्यमा मौरीपालन गर्न सक्ने भएकाले गाउँपालिकाले मौरी व्यवसायका लागि पहल गरेको बताइएको छ ।

गाउँपालिकाले मेची राजमार्गमै कार्यालय सञ्चालन गरी कार्य थाल्ने भएको छ । पहिलो चरणमा मौरी पालनमा लागेका गाउँपालिकाका ३० जना किसानहरुलाई बुधबारबाट अभिमुखिकरण तालिम दिइने अध्यक्ष राईको भनाई छ ।

यस्तै कम्तीमा १ घार मौरी पालेका अन्य २० जना कृषकलाई प्राविधिक तालिम दिएर ५० जना कृषकलाई पचास प्रतिशत अनुदानमा आधुनिक घार र अन्य उपकरण समेत उपलब्ध गराउने कार्ययोजना अनुरुप काम थालेको बताइएको  छ ।

नेपाल र विश्वको बजारमा महको माग बढिरहेको छ । किसानले उत्पादन गरेको महको व्यापारको व्यवस्था, मौरी पालन गर्ने किसानलाई आवश्यक सबै सामाग्रीहरुको उलब्धता र मौरीपालनको सहज र सुलभ अनुसन्धान केन्द्र समेत बनाएर कृषकलाई गाउँपालिकाले नै बजारको व्यवस्था गर्ने जनाइएको छ  । 

 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया