MENU

समाज

ujyaalo forign call inside

​बझाङमा जीप दुर्घटना : २ महिलाको मृत्यु, २ को अवस्था चिन्ताजनक

बझाङ, फागुन ३० – बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ ।

दुर्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेका छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको प्रहरीले जानकारी गराएका छन् । 

घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने काम भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया