MENU

समाज

ujyaalo forign call inside

विदेशबाट ल्याइएको शव काठमाडौंबाट गाउँ लैजान कहाँ सम्पर्क गर्ने? (इन्फोग्राफ)

काठमाडौं, फागुन ३० – वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको शव वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले काठमाडौंदेखि मृतकको गाउँसम्म (जहाँसम्म गाडी पुग्छ) पुर्‍याइदिन्छ । 

त्यसका लागि एक पैसा तिर्नुपर्दैन, अथवा बोर्डले दिएको यो सेवा निःशुल्क हो । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाउँसम्म शव पुर्‍याउन बोर्डले चार वटा कम्पनीलाई जिम्मा दिएको छ । चाहिएका बेला ती कम्पनीले शववाहन उपलब्ध गराउँछन् ।

आरडी ढुवानी सेवाले २४ र सेती गणेश ढुवानी सेवाले १८ वटा जिल्लामा शव पुर्‍याउने जिम्मा लिएका छन् । त्यस्तै सेती गणेश सप्लायर्स प्रालिले १५ र बुद्धछाप ढुवानी सेवाले १६ वटा जिल्लामा शव पुर्‍याउँछन् । शववाहनको सेवा लिन काठमाडौंको नयाँ बानेश्वरमा रहेको बोर्डको सचिवालयमा सम्पर्क राख्नुपर्छ । 

काठमाडौं उपत्यका भित्र शव लैजानु पर्ने भए तत्कालै सेवा पाइन्छ । तर काठमाडौं बाहिरको जिल्लामा शव लैजानु पर्ने हुँदा एक दिन अगाडि नै निवेदन दिनुपर्छ । 

इन्फाेग्राफ

याे पनि पढ्नुहाेस् 

विदेश जाँदा कुन कुन कागजातको फोटोकपी परिवारलाई छाड्ने? (इन्फोग्राफ)

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट यी आर्थिक सहायता पाइन्छन् (इन्फोग्राफ)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया