MENU

समाज

ujyaalo forign call inside

अस्पतालमा विजुली र खानेपानीको व्यवस्था नहुँदा बिरामीलाई समस्या

खोटाङ, फागुन ३० – जिल्ला अस्पताल खोटाङमा विद्युत र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा ल्याइएको विद्युत र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो । 

अस्पतालमा विद्युतको उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफैँ जेनेरेटर भाडामा लिएर चलाइरहेका छन् । अस्पतालमा रहेको जेनेरेटर दुई महिना अघिदेखि बिग्रिएर थन्किएपछि विद्युतको वैकल्पिक व्यवस्थाका लागि बिरामीका आफन्त आफैँ जेनेरेटर चलाउन बाध्य भएका हुन् । 

जिल्लाको एक मात्र अस्पतालमा अहिले जडान गरिएको विद्युतबाट बत्ती मात्र बल्ने गरेको छ भने तीन दिनदेखि खानेपानीसमेत आउन छोडेको छ जिल्ला अस्पतालमा जडान गरिएको विद्युत र खानेपानी आइतबार परेको असिना पानीले एकै साथ बन्द भएको अस्पताल अस्पतालका प्रमुख डाक्टर रामबहादुर केसीले बताउनुभयो ।  

अस्पतालले झेल्नु परेको समस्या समाधानका लागि आफूले सक्दो पहल गरिरहेको अस्पतालका प्रमुख केसीले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया