MENU

समाज

ujyaalo forign call inside

सम्झौता गरेर पनि पहिलो किस्ता अझै पाएनन् पीडितले

सीताराम अधिकारी/उज्यालो । 

धादिङ,  फागुन ३० – अनुदान सम्झौता भएको लामो समय भयो । भूकम्प पीडितले पहिलो किस्ताको रकम समेत नपाएपछि घर निर्माण नै रोकिएको छ । 

गजुरी गाउँपालिका–५, राईगाउँका विजय राईको भूकम्पले घर भत्किएएकोले पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा राखेर अनुदान सम्झौता गरेको लामो समय भयो तर सरकारले दिने अनुदानको पहिलो किस्तासमेत नपाउँदा उनको घर निर्माण कार्य नै रोकिएको छ । 

राईगाउँका ज्ञानबहादुर राईले गाउँमा बनाएको घरमध्ये नमूना घर भएको भन्दै इन्जिनियरहरुले सिफारिस गरे पनि गाउँमा अन्यले दोस्रो किस्ताको रकम लिए पनि उनले पहिलो किस्तासमेत पाउन सकेनन् । 

जिल्लाका दक्षिणी क्षेत्रमा रहेको गजुरी गाउँपालिका–५ को राईगाउँमा रहेको १ सय ३० घरमध्ये १६ घरले मात्र दोस्रो किस्ताको रकम पाएका छन् । गाउँमा प्राविधिकहरु आउँछन् । घर बनेको हेर्छन् तर उनिहरुको घरको निर्माणका बारेमा केही नभनेका कारण गाउँबासीले बनाएर घर निर्माण सम्पन्न भइसक्दा समेत रकम नपाएपछि पुनर्निर्माण प्राधिकरणसँग स्थानीय आक्रोशित बनेका छन् । 

०७४ फागुन २९ गते राईगाउँमा गजुरी गाउँपालिका र इन्सेकको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइमा स्थानीयको तर्फबाट भूकम्प पीडितहरुले गुनासो गरेका छन् । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही सूचीमा नाम भएका व्यक्तिको मृत्यु भएकोमा नामसारी गर्नुपर्ने, लाभग्राहीको आमाको मृत्यु भएको र त्यसपछि घर निर्माण गरिरहँदा छोराहरुले अंश जसरी सरकारले दिएको रकमसमेत भागबण्डा गर्न माग गरेपछि घर निर्माण रोकिएका, घर क्षति भएर पनि लाभग्राही सूचिमा नाम नपरेकाहरुले गुनासो गरेका थिए ।
 
गाउँमा पानी नभएका कारण समस्या रहेकोले घर निर्माणमा समस्या आएको छ भने २ दिनमा पालो गरेर २ गाग्री पानी खानु पर्ने बाध्यताले गर्दा राईगाउँमा पुनर्निर्माणको गति समेत ढिला भएको स्थानीयको गुनासो छ । स्थानीयले खानेपानी, महिलाको बजेट, कृषिमा लगानी बढाउनु पर्नेलगायतका विषयमा समेत प्रश्न गरेका थिए । 

गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर वडाअध्यक्ष रामचन्द्र मिवजार, गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना र कार्यक्रमका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले सहभागिको जिज्ञासाको जवाफ दिनुभयो । यसैगरी पुनर्निर्माण प्राधिकरणका इन्जिनियर नारायण खनालले स्थानीयको समस्या रहेको तर आफूहरुले काम गरिरहेको बताउँदै पहिलो किस्ता पनि रकम नपाउनेहरुले जसले सम्झौता गरिसकेको छ उसले केही समयमै रकम पाउने र गाउँमा उठेका गुनासाहरुको समाधान वडा कार्यालय र इन्जिनियरहरु बसेर समाधान गर्ने बताउनुभयो । 

गाउँपालिका अध्यक्ष बस्नेतले भूकम्प प्रभावितको समस्या समाधान गर्न लागि परेको, लाभग्राही सूचीमै नाम छुटेकाहरुले वडामार्फत सिफारिस गराएर आउन आग्रह गर्नुभयो ।  

उपाध्यक्ष ढुंगानाले महिला बजेट र रकम अभावमा जिल्ला सदरमुकामसम्म जान नसकेर दोस्रो तेस्रो किस्ताका लागि रोकिएका लाभगा्राही, एकल महिलालगायतका समस्यामा परेकाहरुका लागि गाउँपालिकाले समस्या समाधान गर्ने भएकोले गाउँपालिकाको न्यायिक समितिमा आउन आग्रह गर्नुभयो ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया