MENU

मनोरञ्जन

ujyaalo forign call inside

यसकारण पुलिस बनिन् शत्रुगतेको यात्रामा दीपा

काठमाडौं, फागुन ३० – चैत ९ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘शत्रु गते’को टोली यतिबेला मोफसल प्रचार प्रसारमा छ । फागुन २३ गतेदेखि सुरु भएको यो यात्रा फागुन ३० गतेसम्म चल्नेछ । ‘शत्रु गते’को प्रचार प्रसारको लागि तय गरिएको यो यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी,  शिवहरि  पौडेल, दीपाश्री निरौला, पलशाह, आँचल शर्मा, गायिका जुनु रिजाल काफ्लेलगायत छन् ।

शत्रु गतेको टोलीले हेटौँडा, नारायणगढ, बुटवल, पोखरा र दमकमा कार्यक्रम गरिसकेको छ । अब ईटहरीमा कार्यक्रम गर्न बाँकी छ । यी कार्यक्रमहरुमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पुलिसको गेट अपमा प्रहसन दिइरहेकी छिन् । उनको जोडीको रुपमा कलाकार हरिवंश आचार्यले प्रहसन दिइरहेका छन् । उनीहरुले प्रहसन पनि शत्रु गते विशेष बनाएका छन् । ‘शत्रु गतेको वरीपरी रहेर कमेडी पारामा उनीहरुले प्रहसन दिइरहेका छन् जसले सिनेमाको प्रचार प्रसारमा सहयोग पुर्याएको छ । ‘शत्रु गते’ यात्राको अनुभवका बारेमा हामीले सिनेमाकी कलाकार दीपाश्री निरौलासँग केही कुराकानी गरेका छौँ ।

‘रुस्लान मह शत्रु गते यात्रा’ कस्तो हुँदै छ ?

दर्शकको राम्रो प्रतिक्रिया पाएको छौँ । सबैले सिनेमाको प्रतिक्षा गरिरहनु भएको छ । मेरो अर्को अनुभव भयो यो यात्राबाट । त्यो के भने हरिवंश दाईसँग मैले स्टेज सेयर गर्न पाएँ । त्यस कारण मएकदमै खुशी छु ।

तपाईँले यो प्रहसनमा पुलिसको गेट अप किन गर्नुभयो ?

त्यो गेटअप एउटा कमिक हामीले बनाएको हौँ । हाम्रो प्रहसन सिनेमा सँग मिल्छ । त्यसमा चाहिँ एउटा पुलिस र हरिबहादुरको क्यारेक्टर छ । त्यो हामीले यतै आएर बनाएका हौँ । खासमा यो पहिले किरण दाईको गेटअप हो अनि पछि उहाँले मलाई गर भन्नुभयो अनि मैले गरेको हो । जे होस हरि दाईसँग स्टेज, फिल्मसँगै विज्ञापनमा पनि खेल्ने अवसर पाएँ । सबै यही वर्ष जुध्यो । म एकदमै खुशी छु  ।

भनेपछि पहिले यो प्रहसनको तयारी गर्नुभएको थिएन ?

केही पनि थिएन । यहाँ आएर गरेको हौँ । अकस्मात ।

पहिला देश दौडाहामा जादाँ निर्देशकको हिसाबले कुराकानी गर्नुभएको थियो भने अहिले अभिनेत्रीको हिसाबले हिड्नुभएको छ । यो दुई वटा भूमिकामा के फरक पाउनुभयाे ?

फरक केही पनि हुँदैन । निर्देशकको हिसाबले फिल्डमा पो काम गर्ने हो त यात्रामा त खासै के काम हुन्छ र । तर, आफ्नो कर्तव्य भने सबै सिनेमामा एउटै लाग्छ । किनभने मैले खेलेको भनेर मात्र म छोड्दिन । म जिम्मेवारी वहन गर्ने मान्छे हो । त्यसकारण सिनेमा र निर्देशकको हकमा बोल्नुपर्दा सबैले सिनेमा हेर्नुहोस् । राम्रो होस भन्ने लाग्छ । भिन्नता छैन । 

कुन शहरको कार्यक्रममा बढी रमाइलो भयो ?

मलाई सबै शहरमा उस्तै लागेको छ । जानेवित्तिकै दर्शकको माया देखेर खुशी लाग्छ ।

धेरै भीड कुन शहरमा थियो ?

भीड सबै तिर उस्तै भइरहेको छ । अहिलेसम्म उस्तै देखेको छु । आज फरक देखे भने बेग्लै कुरा हो (हाँसो) । हजारसम्मको उपस्थिति छ प्रायः कार्यक्रममा ।

बोलाएर दर्शकहरु आउनु भएको हो या अन्य कारण हो ?

अलि अलि हामीले फेसबुकबाट बोलायौ । अनि त्यो बाहेक माईकिङ्ग पनि भएको थियो । 

पछिल्लो समयमा के चर्चा छ भने सिनेमाको प्रमोशन भ्याली भित्रभन्दा बाहिर बढी हुन्छ । यसमा के भन्नुहुन्छ ?

हामीले रेडियो अडियोमा होलीको दिन रमाइलो गर्यौ । त्यो गरेर मात्र ‘शत्रु गते’को बारेमा धेरैले थाहा पाउनु भएको छ । सिनेमाको  प्रदर्शन मितिको लागि पनि हामी धेरै कराउनुपर्छ । किनभने ९ गते लाग्छ भनेर जानकारी दिनुपर्यो नि । त्यो निम्तो बाँड्दै हिँडेका हौँ हामीले । अब काठमाडौं हामी एक गते आईपुग्छौँ । काठमाडौंको धेरै ठाँउमा पुगिसकेको छौँ पहिले नै । त्यहाँ भने अब हल्का फुल्का हुन्छ होला । 

अन्त्यमा ‘शत्रु गते’यात्राको बारेमा केही भन्न चाहनुहुन्छ?

दर्शकसँग प्रत्यक्ष रुपमा भेट्ने कार्यक्रमले चाहिँ दर्शकको माया पनि छुट्टै पाइनेसँगै आफ्नो सामान पनि विकाउन पाइने जस्तो लाग्छ । प्रोडक्टको जानकारीसँगै माया पनि पाइने रहेछ । सुनमा सुगन्धको महसुस भइरहेको छ यो यात्राले । 

-उज्यालो र गफगाफ डटकमको सहकार्य 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया