MENU

समाज

ujyaalo forign call inside

मलेसिया र जापान भन्दा गाईगोठ प्यारो

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, फागुन ३० – धेरै पैसा कमाउने आशमा जापान पुगेका रत्ननगर नगरपालिका १० का बिष्णु पुरी १ वर्ष पनि त्यहाँ बस्न सक्नुभएन । सोचे अनुसारका सफलता नमिलेपछि नेपालमै केही गर्ने सोचका साथ उहाँ फर्कनुभयो । त्यसबेला माओवादी द्वन्द्व रहेकाले उहाँ नेपाल फर्केलगत्तै मलेसिया पुग्नुभयो । मलेसियामा उहाँले ५ वर्ष बिताउनुभयो । 

मलेसियाबाट फर्केर उहाँले अरुसँग मिलेर गाईपालन सुरु गर्नुभयो । तर सहयात्रीहरुले बिचैमा साथ छाडे । बिष्णुले २०६४ सालमा ९ वटा गाईबाट व्यवसाय सुरु गर्नुभएको हो । सुरुवातमा आफ्ना दुई भाइ र अन्य एकजना साझेदार थिए व्यवसायमा । तर व्यवसाय खासै नफस्टाएपछि भाइहरु सहित सबै साझेदारले व्यवसायबाट हात झिके । बिष्णुले भने व्यवसाय छाड्नु भएन ।

गाईपालनलाई नै निरन्तरता दिएका बिष्णु अहिले स्वदेशमै मेहेनत गर्‍यो भने विदेश जानु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ । ६ वर्षको विदेश बसाई छाडेर आफ्नै घरमा गाईपालन गरेका उहाँले विदेशमा कमाएको भन्दा बढी स्वदेशमै कमाई गर्दै आउनु भएको छ । 

अहिले बिष्णुले आफ्नो व्यवसायमा २० लाख रुपैयाँ लगानी पुर्‍याउनु भएको छ । उहाँको मालिका पशुपालन तथा पशु विकास फर्ममा अहिले ३५ वटा गाई छन् । दैनिक एक सय ९० लिटर दूध बिक्री गर्दै आएका बिष्णुको गोठमा अहिले २१ वटा गाईले दुध दिन्छन । 

एउटै गाईले २५ लिटरसम्म दुध दिने गरेको छ । दुई बिगाहा १० कठ्ठा जग्गा भाडामा लिएर घाँस लगाएको छु, उहाँले भन्नुभयो, ‘उत्पादन लागत घटाउन दाना चोकर भन्दा घाँस बढी खुवाउने गरेको छु ।’सबै खर्च कटाएर मासिक ८० हजार रुपैयाँ हाराहारी आम्दानी हुने गरेको बताउदै उहाँले भन्नुभयो ‘मलाई मलेसिया र जापानमा गरेको दुःख भन्दा आफ्ना गोठका गाईनै प्यारो लाग्छ ।’ मलेसियामा महिनाको २५ हजार रुपैयाँ कमाउने गरेको जानकारी दिदै उहाँले भन्नुभयो, अहिले दुध बिक्रीवाट ८० हजार रुपैयाँ भन्दा बढी कमाई भइरहेको र गाईको बाच्छी, मल बेचेर, थप आम्दानी भइरहेको छ । 

बिहान आफ्नो घरमा दुध लिन आइपुग्ने सयजना भन्दा बढीको लाइन देखेर खुसी लाग्ने बताउदै उहाँले हरेक दिन ५० लिटर भन्दा बढी दुध घरैबाट बिक्री गर्ने गरेको जानकारी दिनुभयो । आम्दानीबाट एउटा छोरालाई चीनमा एमबिबिएस पढाइरहेको र अर्काे एक छोरा स्नातक पढ्दै गरेको उहाँले बताउनुभयो ।  

व्यावसायीक रुपमा गाई पाल्नका लागि राज्यको नीतिगत समस्या र सहयोगको अभावका कारण केही समस्या रहेको बताउदै उहाँले राज्यले किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो । 

घाँस काट्ने, दूध दुहुने जस्ता कामका लागि राज्यले उपकरण उपलव्ध गराउन सके अझै व्यावसायीक रुपमा गाई पाल्ने कृषक बढ्ने बताउदै उहाँले चोकर, दाना लगायतका कच्चा पदार्थको अनुगमन पनि राज्यले गर्नुपर्ने बताउनुभयो । 

भारतको पञ्जाव, लुधियाना, हरियाणा जस्ता ठाउँको अवलोकन समेत गरिसकेका पुरीको गाई फर्म हेर्नका लागि नेपालका विभिन्न क्षेत्रवाट कृषकहरु आउने गरेका छन् । दुई जनालाई रोजगारी दिएका पुरीले तीन जनालाई ज्यालादारीमा काम गराउँदै आउनु भएको छ । सानो लगानीमा थोरै मेहनतबाट आम्दानी हुने भएकाले कोही विदेश जानुभन्दा नेपालमै गाई पालेर आम्दानी बढाउन लाग्दा राम्रो हुने उहाँको सुझाव छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया