MENU

समाज

ujyaalo forign call inside

विवाह भोजको रकम विद्यालयलाई

सन्तोष थापा/उज्यालो । 

पर्वत, ३० फागुन – विवाह पश्चात् आफन्तहरु डाकेर भोज खुवाउने र रमाइलो गर्ने प्रचलन हाम्रो समाजमा अझै पनि व्याप्त छ । तर पर्वतका एक युवाले आफ्नो विवाहभोज नगरी  विद्यालयमा अक्षयकोष स्थापना गर्नका लागि सहयोग गर्नुभएको छ ।  

रोर्‍याक्ट क्लब अफ पर्वतका अध्यक्ष मिलन पौडेलले आफ्नाे विवाहभोजमा हुने खर्च जोगाएर विद्यालयमा १ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो । कुश्मा नगरपालिका १२ घर भएका पौडेलले आफैँले पढेको जनता सुदर्शन माध्यमिक विद्यालयमा विद्यालयका संस्थापक सदस्य आफ्ना स्वर्गीय हजुरबुवा डण्डपाणी पौडेलको सम्झनामा अक्षयकोष स्थापना गर्नुभएको हो । 

‘बिबाहको भोजमा  तडक–भडक गर्नुभन्दा सामाजिक क्षेत्रमा लगाउनु उचित ठानेर विद्यालयलाई सहयोग गरेको हुँ’ पौडेलले भन्नुभयो, ‘मेरो सहयोगले आर्थिक अभावमा पढ्न नसकेका जेहेन्दार विद्यार्थीले शिक्षा पाउने छन् ।’ पौडेलले विद्यालयमा अध्ययनरत जेहन्दार तथा गरिब छात्र–छात्राहरुका लागि शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताउनुभयो । 

कोषमा प्रदान गरिएको चेक रकम ग्रहण गर्दै विद्यालयका प्रधानध्यापक मेघनाथ आचार्यले कोषका संस्थापकहरुको चाहना र उद्देश्य अनुरुप उक्त रकमको व्याजलाई प्रयोगमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया