MENU

बातावरण-कृषि

ujyaalo forign call inside

डढेलोको जोखिम कम गर्न डोटी वनले सुरु गर्‍याे संरक्षण अभियान

विमल विष्ट/उज्यालो । 

डोटी, फागुन ३० – सुख्खायाम सुरु भएसँगै डोटीका वनमा डढेलोको जोखिम बढ्न थालेको भन्दै जिल्ला वन कार्यालय डोटीले जोखिम न्यूनीकरणका लागि अभियान थालेको छ । 

वन डढेलोको अवस्थालाई वर्गीकरण गर्दै वन कार्यालय डोटीले डढेलोको जोखिम न्यूनीकरणका लागि अभियान थालेको वन अधिकृत बद्रिकुमार कार्कीले बताउनु भयो । वन कार्यालयले डढेलोको नियन्त्रणका लागि सामग्री वितरणसँगै डढेलोको नकारात्मक प्रभावबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरिरहेको जिल्ला वन अधिकृत कार्कीले बताउनु भयो । 

उहाँले भन्नुभयाे, ‘जिल्लाका केही वनमा डढेलोको सुरु भएपछि पूर्व तयारी र नियन्त्रणका लागि डढेलोको जोखिमका आधारमा जिल्लालाई वर्गीकरण गरेर डढेलो नियन्त्रण अभियान सुरु गरेका छौँ ।’ 

जिल्ला वनले समुदायमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरी डढेलोको संवेदशीलताको आधारमा वन संरक्षणको काम गरिरहेको सेक्टर वन कार्यालय बुडर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले बताउनुभयो । 

डढेलो नियन्त्रणका लागि सामुदायिक वनका प्रतिनिधि सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरुका प्रतिनिधिहरुलाई तालिमसमेत प्रदान गरेको सेक्टर वन कार्यालय बुडर डोटीले जनाएको छ । कार्यालयले डढेलोको जोखिमको आधारमा जिल्लालाई ३ भागमा बाँडेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया