MENU

समाज

ujyaalo forign call inside

शरीरमा रगत जमेर दुवईमा एक नेपाली महिलाको मृत्यु

उमाकान्त पाण्डे/उज्यालो ।

युएई, फागुन ३० – दुवईमा एक नेपाली महिलाको ज्यान गएको छ । गोरखाको फुजेल –५ कि २६ वर्षकी अनिता खतिवडा राईको मंगलबार दिउँसो ज्यान गएको हो । अनिता युएईमै कार्यरत श्रीमानको स्पोन्सर भिसामा तीन वर्ष अघि यहाँ आउनुभएको थियो । 

दुवईको लतिफा अस्पतालमा भर्ना भएकी अनिताको रगत जमेका कारण ज्यान गएको अस्पतालले जनाएको छ । अनिताले पेट दुख्यो भनेपछि अस्पताल लगिएपनि रगतमा ईन्फेक्सन भएर रगत जमेका (स्पेटिक शक) ले ज्यान गएको जानकारी दिएको मृतकका  श्रीमान अर्जुन खतिवडाले उज्यालोलाई जानकारी दिनुभयो । 

अनिता श्रीमान र साढे दुई वर्षको छोरासँगै दुवईको सतुवामा बस्दै आउनुभएको थियो । तीन महिना अघि छोरालाई नेपालमा परिवारसँग छोडेर श्रीमानसँग दुवई आउनु भएको थियो ।  

शव नेपाल लान आर्थिक समस्या 

अर्जुनलाई श्रीमतीको शव नेपाल लिएर जान समस्या भएको छ । उपचारका क्रममा १४ हजार दिर्हाम अर्थात ४ लाख रुपैयाँ खर्च भएकाले शव लिएर जाने पैसा नभएको उहाँले बताउनुभयो । त्यसैले अर्जुन श्रीमतीको शव नेपाल लान संघसंस्थाले सहयोग गर्ने आशामा हुनुहुन्छ । 

अनिताको ज्यान गएको विषयमा दूतावासले पनि जानकारी लिएको छ । दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले मृत्युका बारेमा बुझेर अब पुरा गर्नुपर्ने प्रक्रियाका बारेमा पनि जानकारी गराउनुभएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया