MENU

समाज

ujyaalo forign call inside

एकै पटकमा तीन छोरी जन्माएकी आमा भन्छिन् - यिनीहरुलाई कसरी पाल्ने?

डीबी विष्ट/उज्यालो ।

बझाङ, फागुन ३० – बझाङको विकट गाउँ दुर्गाथली गाउँपालिका–५ भलानेकी सदिक्षा जप्रेले शैनपसेला स्वास्थ्य चौकीमा तीन वटा छोरी जन्माएकी छन ।

१५ वर्षको उमेरमा बिवाह गरेकी जपे्रलले २२ वर्षको उमेरमा पहिलो पटक छोरी जन्माएको सदिक्षा जपे्रलकी सासु अञ्जना जपे्रलले जानकारी दिनुभयो । उहाँले सोमबार सामान्य तरिकाले तीनवटा छोरी जन्माउनुभएको हो । अहिले जप्रेल र उहाँका तीन वटै छोरी स्वस्थ रहेका छन ।

जप्रेले तीनवटा छोरी जन्माए पछि छिमेकी गाउँ दौला, सैनपसेला, दुर्गाथली, भलानेलगायतका ठाउँबाट छोरी हेर्न जानेको भिड लागेको छ । तीन वटै छोरीको नाम पनि राखिसकेको अञ्जना जप्रेलले बताउनुभयो । उहाँका अनुसार जेठी छोरीको नाम आकृती, माईली छोरीको नाम प्रकृती र कान्छी छोरीको नाम संस्कृती राखीएको छ । 

घरमा सासु र आफू मात्रै भएकाले सुत्केरी हुँदा पनि घरको सबै काम गर्न परेको उहाँले गुनासो गर्नुभयो ।घरमा सासु र बुहारी मात्रै घरमा छौं, जपे्रलले भन्नुभयो ‘श्रीमान भिम जप्रे रोजगारीको लागि भारत जानुभएको छ।’

भारतमा गएका श्रीमानको राम्रो कमाई नभएको र घरमा पनि अन्नबाली प्रशस्त नरहेको भन्दै जप्रेलले भन्नुभयो, ‘जन्म त दिइयो अब यीनलाई कसरी पाल्ने हो।’ स्वास्थ्य चौकीले बच्चालाई लगाउने न्यानो कपडा नदिएको भए उनीहरुलाई लगाइदिने कपडा किन्ने पैसा समेत आफूसँग नभएको उहाँले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया