MENU

राजनीति

ujyaalo forign call inside

​एमालेका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित

काठमाडौं,फागुन ३० – नेकपा एमालेका गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तिमल्सिनालाई निर्विरोध अध्यक्ष घोषणा गरेको हो ।

संघीय संसद सचिवालयमा राष्ट्रियसभाको अध्यक्षका लागि पवर्तका तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उहाँलाइ अध्यक्ष घोषणा गरिएको हो ।

वाम गठबन्धनमा पद बाँडफाँड गर्दा आफ्नो भागमा परेको राष्ट्रियसभाको अध्यक्षमा एमालेले तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले तिमिल्सिनाले जित्ने निश्चित भएका कारण कांग्रेसले उम्मेदवारी दिएको थिएन ।

५९ सदस्यीय राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादी केन्द्रका १३–१३ तथा राजपा र संघीय समाजवादी फोरमका दुई दुईजना सांसद छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया