MENU

समाज

ujyaalo forign call inside

मापदण्ड पूरा नगरी संचालन गरिएका उद्योगको लाइन काटियो

सीताराम अधिकारी/उज्यालाे । 

धादिङ, फागुन ३० – सरकारले तोकेको मापदण्ड पूरा नगर्ने, कर नतिर्ने तथा प्रदुषण फैलाउने बालुवा प्रशोधन उद्योग र क्रसर उद्योगको विद्युत लाइन काटिएको छ । 

सामान्य घरेलु उद्योगमा बत्ती बाल्न प्रयोग गर्ने भनि विद्युत लाइन जोडेर अवैधानिक उद्योग संचालन गरिरहेको आरोपमा प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वमा रहेको सरकारी टोलीले विद्युत लाइन काटेको हो । 

क्रसर उद्योग २९ ओटा र बालुवा प्रशोधन उद्योग (फिरफिरे) ६३ ओटाको विद्युत लाइन काटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले जानकारी दिनुभयो । 

सरकाराले तोकेको मापदण्ड पूरा नगरी संचालन गरिएका, वातावरणीय प्रभाव मूल्यांकन समेत नगरी बालुवा उत्खनन् र प्रशोधन गर्ने उद्योगहरुको लाइन प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वको टोलीले विद्युत लाइन काटेको थियो ।  

पृथ्वीराजमार्गको २५ मिटरको क्षेत्र भित्र संचालित तथा मापदण्ड नपुगेका उद्योगहरुले नदी धमिलो हुने गरी प्रदुषण गराएको, धुलो धुवाँले गाउँवासीन्दा तथा बजारवासीन्दालाई स्वास्थ्यमासमेत प्रतिकुल असर पुर्याएकोले वैधानिक बाटोमा ल्याउन कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । 

कर छलेर उद्योग संचालन गर्ने, अत्याधिक रुपमा खानीबाट बालुवा तथा अन्य खानीजन्य सामाग्री उत्खनन् गर्ने, त्रिशूली नदीमा ठूला मेसिनको प्रयोगले उत्खनन् गर्ने गरिएको र उद्योगहरुले सरकारले तोकेको मापदण्ड समेत पूरा नगरेकोले कारबाही सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताउनुभयो । 

उद्योग बन्द गराउन नखोजिएको बताउँदै मापदण्ड पूरा गरेरमात्र उद्योगहरु संचालन गर्न व्यवसायीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख नेपालले आग्रह गर्नुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया