MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

जीवित आइन्स्टाइनको उपमा पाएका स्टेफेन हकिङ, जो पृथ्वीको विकल्प सोच्दै थिए

फागुन ३० – महान वैज्ञानिक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । 

फ्र्याङ्क हकिङ र इसोबेल हकिङका छोरा हुन् स्टेफेन । स्टेफेनमा बुवा अक्स्फोर्ड विश्वविद्यालयमा मेडिसिन अर्थात औषधि क्षेत्रका विद्यार्थी थिए भने उनकी आमा इसाबेला साहित्य, राजनीति र अर्थशास्त्रकी विद्यार्थी थिइन् । 

बाल्यकाल

सुरुमा हकिङकाे बाल्यकाल सामान्य थियाे तर पछि स्वास्थ्य अवस्थाका कारण उनले निकै संङ्घर्ष गरेका छन् । दुवै बावुआमा शिक्षित भएकाले स्टेफेनको शिक्षामा पनि विशेष जोड दिइएको थियो । हकिङ १३ वर्षको उमेरमा हुँदा उनका बुवाले उनलाई ब्रिटेनको ह्वेष्ट मिनिष्टर विद्यालयमा भर्ना गर्न खोजेका थिए, तर उनी बिरामी भएका कारण छात्रवृत्तिको परीक्षा दिन चुकेका थिए ।

उनको परिवारले त्यस विद्यालयको 'फि' तिर्न नसकेका कारण उनलाई त्यस विद्यालयमा पढाउन सकेनन् । त्यसपछि उनी अल्बान्स विद्यालयमा भर्ना भए । त्यस विद्यालयमा साथिसँग उनले हवाइजहाज तथा डुंगाको मोडेलहरु तयार पार्न सिके । सन् १९५८ पछि गणितका शिक्षक डिक्रन टहटाको सहयोगमा स्टेफेनले पुरानो घडी तथा टेलिफोनका पार्टपूर्जाको सहयोगमा कम्प्युटर बनाएका थिए । विद्यार्थीकालमा उनका अक्षर नराम्रा भएका कारण उनको अक्षर देखेर शिक्षकहरु दिक्क मान्थे भनिन्छ ।'

शिक्षक टहाटाले हकिङलाई गणित अध्ययन गर्न सुझाएका थिए, तर उनका बुवा औषधि क्षेत्रका विद्यार्थी भएकाले र गणित क्षेत्रमा निकै कम मात्र जागिर पाइने भन्दै उनलाई ‘मेडिसिन कोर्स’ गर्न बुवाले सुझाएका थिए । तर, उनका शिक्षक र बुवाको सल्लाहभन्दा फरक हकिङले फिजिक्स र केमेष्ट्रि पढे । सन् १९५९ मा फिजिक्स र क्यामेष्ट्रिमा छात्रवृत्ती पाउन उनी सफल भए ।

सन् १९५९ मा हकिङले विश्वविद्यालयको शिक्षा सुरु गरे । उनी त्यतिबेला १७ वर्षका थिए । ३ वर्षको उमेरमा उनी हजारौं घण्टा अध्ययनमा बिताउँथे । लामो समय पढिरहने बानीले उनीलाई विस्तारै पट्यार लाग्दै गयो ।

अक्सफोर्डमा भौतिकशास्त्र अध्ययन गरेका हकिङले क्याम्ब्रिज विश्वविद्यालयबाट विश्व ब्रह्माण्डको एकलयता सिद्धान्तमा पिएचडी गरेका थिए । उनी विद्यार्थी अवस्थादेखि नै एक प्रकारको नसासम्बन्धी रोग ‘एएलएस’बाट ग्रसित थिए । ‘मोटर न्यूरोन डिजिज’ लागिसकेपछि हकिङले आफ्नै दिदीको साथी जेन विइल्डसँग विवाह गरेका थिए ।

हकिङ र जेनको सन् १९६४ मा इन्गेजमेन्ट भए पनि उनीहरुको विवाह सन् १९६५ जुलाई १४ मा भएको थियो । उनीहरुको सन् १९६७ मा पहिलो छोरा जन्माएका थिए । उनीहरुको पछि सन् १९६७ मे मा दोस्रो र सन् १९७० मा तेस्रो सन्तान जन्माए । जेनले सन् १९७० मा हकिङसँग सम्बन्धविच्छेद गरेकी थिइन् । उनले पछि नर्स इलाइन मासोनसँग विवाह गरेका थिए । तर उनीले पनि सन् २००६ मा सम्बन्ध विच्छेद गरिन् ।

स्पेश यात्राको तयारी 

बिट्रेनको एक टिभी ‘शो’ बफिनमा स्टेफेन हकिङले स्पेशको यात्रामा गर्ने तयारी गरेको खुलासा गरेको छ । टिभी ‘शो’ मा उनले सर रिचार्ड ब्राण्डसनले आफूलाई स्पेश यात्राका लागि सिट उपलब्ध गराएको बताएका थिए ।

स्टेफेन हकिङको अपाङ्गता

अक्स्फोर्ड विश्वविद्यालयमा पढ्दै गर्दा स्टेफेन हकिङ विद्यालय भवनको सिंढीबाट लडेका थिए । त्यसपछि उनको नसा सम्बन्धी समस्या बढेको थियो ।

सन् १९६३ मा उनलाई डाइग्नोसिस गरियो, जुनबेला उनलाई ‘मोटर न्यूरोन डिजिज’ लागेको खुलासा भएको थियो । उनी त्यतिबेला २१ वर्षका थिए । डाक्टरहरुले उनी २ वर्षसम्म मात्र बाँच्न सक्ने बताएका थिए । तर उनी झण्डै ५० वर्षभन्दा बढी बाँच्न सफल भए । कतिपय विज्ञले उनलाई ‘मोटर न्यूरोन डिजिज’ नभएको हुनसक्ने बताएका छन् ।

उनलाई सन् १९८५ मा निमोनिया लागेपछि उनको आवाज बुझ्नका लागि भ्वाइस सिन्थेसिसको प्रयोग गरिएको थियो । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले यस्तो यन्त्र बनाएका थिए, जहाँ स्टेफेनले आफ्नो गालोको सहायताले कम्प्युटरको स्क्रिनमा टाइप गर्थे र उक्त कम्प्युटरले उनले टाइप गरेको कुरा बोल्दथ्यो । त्यसले उनलाई अनुसन्धान तथा प्राध्यापनमा निकै सहज बनायो ।

काम

सन् १९८८ मा उनले ‘अ ब्रिफ हिस्ट्रि अफ टायम्स’ पुस्तक प्रकाशन गरेका थिए । त्यस पुस्तकले उनलाई निकै चिनाएको थियो । उनले लेखेको त्यो पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ विश्वकै वेष्ट सेलर पुस्तकमा गणना हुन्छ । त्यसभन्दा फरक उनका ब्ल्याक होल, वेवी युनिभर्स, द युनिभर्स इन नटसेल, द ग्राण्ड डिजाइन र माइ ब्रिफ हिस्टोरीलगायतका पुस्तक प्रकाशित छन् ।

हकिङले ग्राभिटेश्नल वेभ्स, क्वान्टम मेकानिक्स तथा जनर रिलेटिभीटीमा अनुसन्धान गरेका थिए । शास्त्रीय सिद्धान्तले ब्ल्याक होलमा रहेका उर्जा वा सूचनाहरु बाहिर आउन नसक्ने बताउँछन्, तर क्वानटम फिजिक्सले भने यस्तो हुन सक्ने बताउँछ । सन् २०१४ मा उनको जीवन फिल्मतिर मोडियो । फिल्म ‘द थेआरी अफ एभ्रिथिङ’ थुप्रै पुरस्कार प्राप्त गर्यो र डा हकिङको भूमिका निभाएका एडि रेडमाइनले  ओस्कार अवार्ड जित्न सफल भए । जसमा उनको प्रस्तुति सबैभन्दा रुचाइएको विषय बन्यो ।

थेओरी अफ रिलेटीभिटी, ब्ल्याक होललगायतका क्षेत्रमा ठूलो योगदान पुर्याएका हकिङलाई जीवित आइन्स्टाइनको उप–नामबाट समेत चिनिन्छ ।

सन् १९७९ देखि सन् २००९ सम्म उनले वैज्ञानिक सर आइज्याक न्युटनले सन् १६६३ मा सम्हालेको क्याम्ब्रिंज विश्वविद्यालयको लुकासियन प्रोफेसरको पद सम्हालेका थिए । निधन हुनुभन्दा अघिसम्म हकिङ अध्यापन, अनुसन्धान तथा लेखनमा सक्रिय रहेका थिए ।

उनी शरीरका कुनै पनि अंग चलाउन सक्दैनथे र बौल्न पनि सक्दैनथे । शारिरीक अशक्तताको बाबजुद पनि सैद्धान्तिक भौतिकशास्त्र जस्तो जटिल विषयमा अनुसन्धानरत उनी ह्विलचियर, कम्प्युटर र आवाज संश्लेषक यन्त्रको मद्दतले विश्व विद्यालयमा प्रबचन दिने गर्दथे ।

अवार्ड

अल्बर्ट आइनस्टाइन अवार्ड, अल्बर्ट मेडल तथा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम मेडललगायतका पुरस्कारबाट हकिङलाई सम्मान गरिएको थियो ।  अशक्त भएर पनि यतिको सफलता पाउने व्यक्तिमा उनी पहिलो स्थानमा पर्छन् ।

मानव जाति जीवित रहन पृथ्वीको विकल्प खोज्नुपर्नेमा जोड

मानव जातीले जीवित रहन पृथ्वी छोड्नैपर्नेमा उनले जोड दिने गर्थे । उनले चन्द्रमा तथा मंगल ग्रहमा बस्ती बसाउने कुरा मानव जातीका लागि निकै महत्वपूर्ण भएको पनि बताएका थिए ।

गएको असारमा नर्वेको ट्रोन्हेमस्थित स्टारमस साइन्स फेस्टिवलमा बोल्दै हकिङले मानिसले पृथ्वी छोडेर अन्य ग्रहमा बस्ती बसाउन थाल्नुपर्ने विचार व्यक्त गरेका थिए । पृथ्वीमा तापक्रम वृद्धि, जनसंख्या विस्फोट वा क्षुद्रग्रहसँग ठोक्किएर पृथ्वी बस्नलायक स्थान नरहने उनी दाबी गर्थे । 

पृथ्वी मानवका लागि साँघुरो ठाउँ भैसकेको तर्क हकिङ गर्थे । ‘यो विश्व साँघुरिँदै गएको छ र अब मानव जातिका लागि नयाँ स्थान खोजी गर्नुपर्ने आवश्यकता रहेको छ’, हकिङले भनेका थिए, ‘इतिहासमा पनि नयाँ स्थानको खोजीकै क्रममा १४९२ मा कोलम्बसले नयाँ विश्व पत्ता लगाएका थिए। तर अब नयाँ विश्व कहीँ बाँकी छैन। हामीलाई ठाउँ कम भइरहेको छ र जाने ठाउँ भनेको अरु ग्रह नै हो।’

हकिङले मानिसले उपनिवेश बसाउन सुरु गर्नका लागि चन्द्रमा र मंगलग्रह सबैभन्दा उत्तम स्थान बताउदै आएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया