MENU

राजनीति

ujyaalo forign call inside

को हुन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना ?

काठमाडौं, फागुन ३० – २०१८ साल जेठ १२ गते पर्वतको मोदी गाउँपालिका–७ मा जन्मिनु भएका गणेश तिमिल्सिनाले गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

विद्यार्थी जीवनदेखि नै प्रगतिबादी सोचका तिमिल्सिना २०३६ सालमा नेकपा मालेको रेडगार्डको सचिव हुनुभएको थियो । २०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निर्वाचित तिमिल्सिनाले २०४० सालमा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गर्नुभएको थियो ।

पार्टी राजनीतिको शुरुवातसँगै सक्रिय राजनीति शुरु गर्नुभएका तिमिल्सिना २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियू सचिव र २०४२ सालमा अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य हुनुभयो ।

तत्कालीन सरकार विरुद्ध विद्रोहको उदघोष गर्दै २०४२ सालको बम काण्डपछि तिमिल्सिनाले ४ वर्ष जेल जीवन विताउनुभयो । तत्कालीन पञ्चायती सरकारले २०४२ देखि ०४६ सम्म लगातार ४ वर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।

तिमिल्सिनासँगै जेलमा तत्कालीन कम्युनिष्ट नेता केपी शर्मा ओली र हितकाजी गुरुङ थिए । ओली अहिले देशको प्रधानमन्त्री र एमाले अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । २०४६ सालमा जेलबाट छुटनुभएका उहाँ प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय हुनुभयो । २०४६ सालको जनआन्दोलनमा संयन्त्र सदस्य बन्नुभएका उहाँ पुनः पञ्चहरुको निशानामा पर्नुभयो । तत्कालिन सरकारले उहाँलाई पक्राउ गरी ल्याउन टाउकोको मुल्य ५० हजार तोकेको थियो ।

अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी तिािल्सिना २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनुभयो । दोस्रो वैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बन्नुभएका उहाँ केन्द्रीय सदस्य बन्दा वर्तमान सरकारका प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष रहनुभएको थियो ।

उहाँले २०४७ सालमा नेकपा माले मुस्ताङ्गको सचिव, ०४८ मा नेकपा एमाले बागलुङ्गको सचिव, २०५४ सालमा नेपालगञ्जमा सम्पन्न नेकपा एमालेको छैटांै महाधिबेशनबाट बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाल्नुभयो ।

०५९ सालमा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौँ महाधिबेशन पछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित तिमिल्सिना पर्वत जिल्ला संयोजकको रुपमा पार्टीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँ पर्वत जिल्लाको पूर्व जिविस सभापति पनि हुनुहुन्छ । काठमाडौंमा भएको नवौ महाधिवेशन पछि तिमिल्सिना पुनः केन्द्रीय सदस्य हुँदै अहिले एमालेको पोलिटब्यूरो सदस्यमा रहनुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया