MENU

राजनीति

ujyaalo forign call inside

उपराष्ट्रपति चुनाव चैत ९ गते हुने

काठमाडाैं , फागुन ३० - निर्वाचन आयोगले उपराष्ट्रपतिको चुनाव चैत ९ गते गर्ने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षता बुधबार बसेको बैठकले उपराष्ट्रपतिको चुनाव चैत ९ गते गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ । 

निर्वाचन कार्यतालिका अनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

राष्ट्रपतिको चुनाव भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले उपराष्ट्रपति चुनावको मिति तोक्ने कानूनी व्यवस्था छ । 

उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने व्यवस्था छ । 

फागुन २९ गते सम्पन्न राष्ट्रपति चुनावमा विद्यादेवी भण्डारी निर्वाचित भइसक्नु भएको छ । 

उपराष्ट्रपति पदका लागि सोही लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न गराउन पाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले उपराष्ट्रपतिको चुनाव तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न तयारी सुरु गरिसकेको जनाएको छ । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया