MENU

समाज

ujyaalo forign call inside

चाउचाउको लोभ देखाएर ६ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

जनार्दन घिमिरे/उज्यालो । 

गुल्मी, फागुन ३० – बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–४ का १६ वर्षीय हिमाल दमाईलार्ई प्रहरीले पक्राउ गरेको हो । मंगलबार दिउसो साढे चार बजे इस्मा गाउँपालिका – ३ दर्लामचौर निवासी ६ वर्षीय एक वालीकालाई चाउचाउ र पैसाको लोभ देखाएर ललाई फकाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । 

घरमा आएपछि बालिकाले आमासँग घटनाको बारेमा सम्पूर्ण जानकारी गराएकी थिइन् । उक्त घटनाको प्रकृति सुनेपछि बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीका आधारमा दर्जीलाई प्रहरीले मंगलबार नै घरबाट पक्राउ गरी सदरमुकाम ल्याएको थियो । 

बालिकाको घर नजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कने क्रममा स्थानीय मन्दिर नजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जिल्ला अस्पताल तम्घास लगिएको थियो । उनलाई तम्घासमा उपचार गरेपछि थप उपचारका लागि बुधवार पाल्पा पठाइएको छ । 

प्रहरी नियन्त्रणमा रहेका युवा माथी थप अनुसन्धान भइरहेको र थप कानुनी कारबाही अगाडि बढाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया