MENU

समाज

ujyaalo forign call inside

पराजुलीको जन्ममितिबारे फेरि अन्योल : ११ सालमा जन्मेको मान्छे कसरी हुन्छ ६५ वर्ष ?

काठमाडौं,फागुन ३० – सर्वोच्च अदालतका प्रधानन्यायाधीस गोपाल पराजुली पदमुक्त हुनुभएको छ । न्यायपरिषदले उहाँको उमेर ६५ वर्ष साउनमा नै पुगिसकेको भन्दै उहाँलाई पदमुक्त गरेको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण साउन २१ मै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ ।

न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आएको पत्रका आधारमा पराजुलीले साउन २१  मा नै अवकाश पाएको देखिएको परिषद्ले जनाएको छ ।

 

तर ६५ वर्ष उमेर पुगेर पदमुक्त हुनुभएका पराजुलीको जन्म मितिबारे फेरि विवाद आएको छ । परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपुरबाट आएको पत्रमा उहाँको जन्ममिति २०११ वैशाख १३ गते उल्लेख गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयको पत्रलाई आधार मान्दा उहाँको उमेर ६३ वर्ष मात्रै हुन्छ ।

तर न्यायपरिषदले भने उहाँलाई उमेर हदका कारण पदमुक्त गरेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयको पत्रमा उल्लेख भए अनुसार पराजुलीको उमेर ६५ वर्ष नपुगेको भएपनि पुरानो जन्ममिति २००९ साउन २१ र अर्को जन्ममिति २०११ वैशाख १३ बीच एक वर्षभन्दा बढी अन्तर भएकाले पुरानो जन्ममिति कायम गरिएको हो ।

न्याय परिषद ऐन २०७३ को दफा ३१ को उपदफा ७ मा फरक फरक कागजातमा फरक फरक उमेर देखिएको र त्यो उमेर एक वर्षभन्दा बढी भएमा सबैभन्दा पुरानो जन्म मितिलाई आधार मान्ने उल्लेख छ । त्यै व्यवस्था अनुसार न्याय परिषद सचिवालयले पराजुलीलाई अवकासको पत्र दिएको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया