MENU

समाज

ujyaalo forign call inside

तस्बिरमा राष्ट्रपतिको शपथ : पराजुली पदमुक्त भएको बेखबरजस्तै गरी उत्साह

काठमाडौं, फागुन ३० – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ लिइरहँदा प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकारी न्यायपरिषदले सार्बजनिक गरिसकेको थियो ।

न्याय परिषदले राष्ट्रपति कार्यालय तथा सञ्चारमाध्यमलाई यसबारेको जानकारी गराएको हो । न्याय परिषदको जानकारी सार्बजनिक र राष्ट्रपतिको शपथ सँगसँगै भयो ।

राष्ट्रपतिलाई शपथ गराउन शितल निवास पुगेका पराजुलीको अनुहारमा उहाँ पदमुक्त भैसकेको भाव देखिंदैनथियो । राष्ट्रपति भण्डारीको अनुहार पनि सामान्य देखिन्थ्यो, पदमुक्त प्रधानन्यायाधीशबाट शपथ लिइरहेको छु भन्ने जानकारी नभएकोजस्तै लाग्थ्यो ।

त्यसो त राष्ट्रपति कार्यालयका एकजना उच्च अधिकारीले पनि प्रधानन्यायाधीश पदमुक्त भएको जानकारी नभएको दाबी गरे । पूर्व तयारी अनुसार नै राष्ट्रपतिले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशबाट शपथ लिएको उनले बताए ।

तस्विर : रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया