MENU

विचार/अनुभूति

ujyaalo forign call inside

विदेशी स्वार्थले विखण्डित नेपाली

–दामोदर कोइराला

हामी नेपालीलाई सधैँ आशामा नै बाँच्न वाध्य गराइएको छ । शासक र नेताले गर्ने चिप्ला कुरा, राजनीतिक दलहरूले देखाउने दिवा स्वप्नको स्वेर कल्पनामा रमाउँछौँ हामी ।

करीब तीन दशक यतादेखि भेल जस्तो गरी नेपालमा प्रवेश गराइएका आइएनजिओ / एनजिओहरुले जहिले पनि ‘विकास’ को नारा दिए, दिइरहेका छन् । तर यथार्थमा हामीले चाहेको विकास भएको छैन । विविध राजनीतिक दलहरूले अनेक ‘वाद’ उरालिरहेको दशकौँ भयो । तर मुलुकको स्थिति माथि उठ्नुको साटो झन् बिग्रँदो छ ।

‘वाद’ ले विकास दिन्छ ?

कुनै वादले मात्र देशको विकास हुन्छ भन्ने पनि मिथ्या साबित भैसकेको छ, विश्वको अनुभवले । चरम पूँजीबाद एवं प्रजातन्त्र रहेको अमेरिका आज विश्वको स्वप्नस्थल (ड्रिमल्याण्ड) भएको छ । सम्यवाद तर्फ उन्मुख चीन एउटा हद सम्म सफल राष्ट्र भैसकेको छ । र विश्व मञ्चमा शक्तिशाली बन्दै गएको छ ।

तर हामी चाहिँ ‘वाद’ मै रुमलिएका छौँ, विना कुनै उपलब्धि ।

संसारको अनुभवले देखाइसक्यो, प्रजातान्त्रिक व्यवस्था अंगिकार गरेका वा साम्यवादी व्यवस्था अंगिकार गरेका मुलुकहरु थुप्रै छन् । कतै साम्यवादीले लोभलाग्दो प्रगति गरेका छन् भने कतै दुरुह अवस्थामा पनि छन् । त्यस्तै अवस्था प्रजातान्त्रिक मुलुकको पनि छ । कुनै चरम बिकसित, कुनै हामी जस्तै पिछडिएका ।

त्यसो भए सुख, सम्वृद्धि  र सो प्राप्त गर्ने उपाय के के हुन त ? यस्को एउटै उत्तर हुन सक्छ ‘राज्यको दृढ ईच्छाशक्ति र नेतृत्वको सिर्जनशीलता एवम् सुदृढ कार्ययोजना’ ।

सरकारसँग दृढ इच्छा शक्ति हुनु पर्दछ । अधिकतम् नागरिकको वृहत्तर हितको लागि राज्यको कार्य क्षमता दह्रो हुनु पर्दछ ।

पञ्चायत कालमा कर्तव्य ज्यान मुद्दाका ४ / ५ जना खुँखार अभियुक्तलाई लठ्ठीका भरमा २ जना प्रहरीले पक्राउ गरी ल्याउन सक्थे । तर आज २ जना सामान्य अभियुक्त हतियार सहितको ५/६ जना प्रहरीलाई भारी परिरहेका हुन्छन् । राज्यको दृढ इच्छाशक्ति नभएकाले यसो भएको हो । मौलाउँदो दण्डहीनतालाई प्रत्यक्ष तथा परोक्ष रूपमा राजनीतिले नै प्रोत्साहन दिइरहेका छन् ।  सरकार सञ्चालन गर्ने नेतृत्व वर्ग नै यो अवस्थाका लागि जिम्मेवार छन् ।

पहिलो जनआन्दोलन भन्ने गरिएको, २०४६ सालको परिवर्तन पश्चात हालसम्म नै देश तदर्थमा चलिरहेको छ र हामी अझै संक्रमण कालमै छौँ । १२ बुँदे दिल्ली सम्झौताले त नेपाली राजनीतिलाई थामीनसक्नु अस्थिरताको अवस्थामा पुर्यायो । र यो अस्थिरताको गति अझै रोकिएको छैन ।

आज अधिकारका नाममा, पहिचानको नाममा, भाषाको नाममा, धर्मको नाममा, भेषभुषा आदि आदिका नाममा हामी विकीर्ण भएका छौ ।

नागरिक सद्भाव खल्बलियो

हामी नेपालीसँग अव भावनात्मक रूपले सग्लो नेपाल बाँकी छैन, भौतिक रूपमा पनि हात, मिटर र किलोमिटरका दरले दिन–पर–दिन साँधुरिँदै छौँ ।

अब हामीसँग धार्मिक रूपले पनि सहिष्णु नेपाल बाँकी छैन । ९४ प्रतिशत भन्दा बढी नेपाली जनताले मान्ने ॐकार परिवारका सनातन धर्म संक्रमित पारिसकिएको छ । विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाललाई अवैधानिक तरिकाले धर्म निरपेक्ष बनाइयो । तर त्यसको व्याख्यामा बिरोधाभाष देखियो ।

हिन्दू राष्ट्र नेपालमा, कुन धर्मलाई, कुनै पनि आधारमा कसैले, कहिले थिचोमिचो, भेदभाव गरेको थियो र ?

हामीसँग साँस्कृतिक रूपले एक सुत्रबद्ध नेपाल छैन । मोहम्मद मोहसिनले दशैँको टीका थाप्थे, सेता टीका लगाएर गुरुङ् समुदाय उल्लासका साथ साँस्कृतिक कृत्यमा रमाउँथे ।

आज हामी बीच रहेको यो साँस्कृतिक सद्भावको कित्ताकाट गर्न लगाइयो । दशैँ त हिन्दूहरुको चाड हो, हामी त बौद्ध धर्माबलम्बी हौँ, त्यसैले दशैँ हाम्रो होइन भनाइँदैछ ।

कुनै हिन्दूले यो हाम्रो सँस्कृति हो, तिमीहरुले नमान भनेकोले वा दशैँ बढी खर्चिलो भयो, टीकामा चामलको नाश भयो, भनेर मनाउन छाडेका पनि होइनन् । यो चाडलाई आफ्नै मानेर मनाइ रहेका थिए (कतिपय समुदायमा यो अझै पनि मनाइँदै छ) । तर हामी बीच फाटो ल्याउन पराई लागिपरेका छन् । हाम्रो आफ्नै बनेर वा आफ्नैलाई प्रयोग गरेर ।

भाषा र भेषको विविधताका बीच रहेको स्वर्णिम भावनात्मक एकता पनि बाँकी छैन, हामीसँग अब । विविध भाषा र भेषका हामी नेपाली सबै दाजुभाइ – दिदीबहिनी थियौँ । एउटालाई चोट लाग्दा अर्कोलाई दुख्थ्यो । भ्रातृत्व प्रेमले ओतप्रोत थियो नेपाली समाज । भावनाको हिसाबले पनि सुदृढ थियौँ । तर आज हामी बाहुन, क्षेत्री, सेतामगुराली, दलित, आदीवासी, पहाडे र मधिशे, दायाँ र बायाँमा विभाजित गराइएका छौँ ।

एक अर्कोलाई पीडामा देख्दा छट्पटिने हाम्रो मन विभाजित छ । हाम्रो स्वार्थ बिभाजित छ । सिङ्गो देश कसैलाई चाहिएको छैन, आफ्नै प्रदेश यथेष्ठ ठान्ने गराइएको छ । अहिलेको अवस्थामा, पहाड बग्दा तराइ रुँदैन, तराई डुब्दा पहाड निसासिँदैन ।

हामी नेपाली एक ढिक्का थियौ मन, वचन र कर्मले । आज अधिकारका नाममा, पहिचानको नाममा, भाषाको नाममा, धर्मको नाममा, भेषभुषा आदि आदिका नाममा हामी विकीर्ण भएका छौ । र यो गति घट्नुको साटो बढ्दै गएको छ ।

अव हामी नागरिकताको प्रमाणपत्रमा मात्र नेपाली रहेका छौँ । कर्मले, भावले, त्यागले र समर्पणले हामी कोही नेपाली रहेनौँ । हामीलाई लामो समयको योजनाबाट हाम्रैलाई प्रयोग गरेर नराम्रोसंग फुटाइएको छ । जानेर वा नजानेर हाम्रा आफ्नैले यो कुकृत्यको जिम्मेवारी बोकेर हामीलाई फुटाइसके ।

हामी पृथ्वीनारायण शाहकालीन दृढ निश्चयी नेपाली रहेनौँ । राष्ट्रियताका लागि बलिदान दिने शुक्रराज, दशरथ चन्द, धर्मभक्त र गंगालाल ले सुम्पिएको अभिभारा बोक्न सक्ने सच्चा साहशी नेपाली रहेनौँ ।

हामी सक्किइ सक्यौँ । भित्रभित्रै सेतो धमिराले खाएको, तर ढली नसकेको जर्जर रूख भएका छौँ । यस्तै अवस्था रहिरहने हो भने आज या भोलि ढल्नुको विकल्प छैन । यो अवस्थामा सुधार भएर हामी सम्हालिने आभाष अलिकता पनि कहिँ कतै देखिँदैन ।

कसले फुटायो हामीलाई ?

उदाउँदो शक्तिका रूपमा रहेका हाम्रा दुई छिमेकी तथा विश्वका अन्य शक्ति राष्ट्रहरूको विभिन्न स्वार्थ सिद्धिका लागि हाम्रो भूराजनीतिक अवस्था उर्वर रहेको छ । राष्ट्रिय स्वाभिमानमा आएको ह्रासले हाम्रो पहिलाको आत्म बल कायम रहेन । फलस्वरूप विदेशीका स्वार्थले हामीलाई आपसमा विभाजित गरायो । हामीले निजी, समूहगत्, दलगत् जस्ता निहीत स्वार्थमा लागेर राष्ट्र तथा समग्र सामाजिक प्रणाली विरूद्ध अनेक वितण्डा गर्यौँ ।

हामीलाई लामो समयको योजनाबाट हाम्रैलाई प्रयोग गरेर नराम्रोसंग फुटाइएको छ । जानेर वा नजानेर हाम्रा आफ्नैले यो कुकृत्यको जिम्मेवारी बोकेर हामीलाई फुटाइसके ।

अबको बाटो

नेपाली समाज तथा राष्ट्रलाई थप विखण्डन हुन नदिन सबै सजग र सक्रिय हुनु आवश्यक छ । मूल रूपमा सरकार, राजनीतिक दल, नेताहरूले दृढ इच्छा शक्तिका साथ राष्ट्रहितमा काम गर्नु जरुरी हुन्छ ।

सामाजिक अभियन्ता, अधिकारवादी, समाज सेवी, वुद्धिजीवी, पेशाकर्मी सबैले ‘पहिला राष्ट्र र समाज’ भन्ने भावना प्रदर्शन गर्नु पर्छ । र सोही अनुरुप आचरण गर्नु वाञ्छनीय हुन्छ । राज्यले पनि उपयुक्त स्थानमा हाम्रालाई नभएर राम्रालाई मात्र स्थान दिने परिपाटीलाई साहसपूर्वक स्थापना गर्नु पर्छ ।

दण्डहीनताको अन्त्य अझ महत्वपूर्ण आवश्यकता हो आजको । कानून सर्वोच्च हुनु पर्छ । सबैले राष्ट्रको कानून पालना अक्षर अनि आशयमा गर्नु पर्छ । कानून कार्यान्वयनमा सबैलाई समानता हुनु पर्छ ।

हरेक क्षेत्रमा व्याप्त रहेको भ्रष्टाचार नियन्त्रण गर्ने अढोट र कार्यान्वयन गर्ने दृढ संकल्प तथा क्षमता नेतृत्वमा अपरिहार्य छ । त्यसै गरी लुप्त प्रायः भैसकेको सामूहिक हितका लागि काम गर्ने भावनाको विकास गराउनु जरूरी छ ।

राष्टिय स्तरमा प्रभावशाली थिङ्क ट्याङ्क निर्माण गरी दीर्घकालीन रणनीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था गर्न अब ढिलाई गर्न हुन्न, देशको समग्र हितको लागि ।

यी प्रकृयामा आउन सक्ने कुनै पनि अवरोध, देशी–विदेशी हस्तक्षेप, दवावमूलक धम्कीका विरूद्ध राष्ट्रिय हितमा काम गर्ने आँट तथा दृढ इच्छा शक्ति भएन भने कुनै पनि उपलब्धि हुनै सक्दैन ।

नेपाल पाेलिटी डट कमबाट

–कोइराला राजनीति शास्त्री हुन् 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया