यो पनि समाचार
महोत्सवको प्रचारपसारका लागि बिचित्र गुफामा बैठक
- Thursday, Mar 15, 2018
- 20:13 PM ( 1 month ago )
- Total Views: 1.5 K
गुल्मी, चैत १ – गुल्मीमा चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको प्रचारपसार गर्ने बिहीबार धुर्कोट गाउँपालिका–५, मा रहेको बिचित्र गुफा भित्रै बैठक बसेको छ ।
प्राकृतिक रुपमा अत्यन्तै सुन्दर भए पनि प्रचारपसारको कमीले गुफा ओझेलमा परेको भन्दै प्रचारपसार समितिले गुफाभित्रै बैठकको आयोजना गरेको प्रचार संयोजक श्रीप्रसाद भलामीले बताउनुभयो ।
तेस्रो गुल्मी महोत्सव मुल आयोजक समिति गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारी र धुर्कोट गाउँपालिका जनप्रतिनिधि, संचारकर्मी र स्थानीयहरुको टोली गुफा पुगेका थिए ।
टोलीले गुफाको विभिन्न स्थान र त्यसको अवस्थाको अवलोकन गर्नुका साथै आगामी दिनमा गुफाको विकास र समृद्धिका बारेमा छलफल गरेको महोत्सव मुल समिति संयोजक दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । टोलीले आगामी दिनमा बिचित्र गुफाको भौतिक संरचना विकासका साथै प्रचारपसारमा अग्रणी भूमिका निवार्ह गर्ने बताएका छन् ।
२०४५ सालमा ढेंडु बाँदरलाई लखेट्दै जाने क्रममा उक्त बिचित्र गुफा फेला परेको स्थानीयहरुले बताएका छन् । गुफा पत्ता लागे पनि धेरै समयसम्म गुफाको बारेका प्रचारपसार हुन नसकेका कारण गुफा ओझेलमा परेको स्थानीयबासीको भनाई छ ।
पछिल्लो समयमा स्थानीयले समिति बनाएर गुफाको रेखदेख गरेको गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले बताउनुभयो ।
पर्यटकीय दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको त्यो गुफाको उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्र रहेका प्रकृतिक र धार्मिक महत्वसँग गाँसिएका विभिन्न आकृतिहरु चोरी हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
सम्बन्धित सामग्रीहरु
-
एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
वैशाख ८ – एउटा केराको बिल हजारौँ रुपैयाँ आयो भने तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
-
सर्पले बाटो छेकेर मोटरसाइकलमा बसेपछि !
दाङ, चैत २८ - सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प बसेपछि नाग देवता भन्दै पूजा र दर्शन गर्नेहरुको घुईंचो लागेको छ ।
-
लहना आज १२ वर्ष लाग्यो
काठमाडौं, चैत १७ - उज्यालो रेडियो नेटवर्कको नेपालभाषा कार्यक्रम लहना आज १२ वर्ष लागेको छ ।
-
गेल फर्किए, युवराजलाई आराम
वैशाख १३ – आईपीएलमा सनराईजर्स हैदराबादविरुद्धको आजको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।
- ढाकाबाट आएका बस धुलिखेल पुगे
- गहभरी आँसु बनाउँदै गुरु कुमारले चेली कृपालाई बिदाई गरे
- पर्वतमा बस दुर्घटना : २१ जना घाइते
- नेपाल इञ्जिनियरिङ कलेजमा करोडौं अनियमितता : नेविसंघद्वारा आन्दोलनको घोषणा
- डेथ ओभरमा धेरै रन दिनु बलरहरुको अपराध : कोहली
- दिनभर खेतमा मुसा खोज्दै बस्ने बालबालिकालाई सुन्तलीले गरिन् विद्यालय भर्ना
- आईसीसीको सदस्य रहेका देशबीच हुने सबै टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने
- विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक, भारत र पाकिस्तानको खेल जुन १६ मा
- माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा
प्रतिक्रिया दिनुहोस