MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​पानी नपरेपछि कृषक चिन्तित

पाँचथर, चैत ४ – बालि लगाउने बेला समयमै पानी नपरेपछि पाँचथरका कृषक चिन्तित बनेका छन् ।

विषेश गरी मकै बाली छर्ने समयमा पानी नपरेपछि बारीमा मकै छर्न समस्या भएपछि कृषक चिन्तित बनेका हुन् ।  वैशाखको अन्तिमसम्म मकै छर्ने गरिएता पनि मकै छर्ने उपयुतm मौसम फागुन र चैत महिनालाई मानिन्छ ।

तर, पानी नपरेपछि अधिकांश कृषकले मकै छरेका छैनन् । सुख्खा माटोमा बीउ छर्दा छिमले उम्रने, पछिबाट फलपनि राम्रो नलाग्ने हुनाले अहिलेसम्म पानी पर्ने आशमा कृषकले बारी बाँझै राखेको फालेलुङ–५, का कृषक विक्रम मगरले बताउनुभयो । गएको वर्ष पनि समयमै पानी नपर्दा पछाडि कमै खोती गरेका कृषकले श्रम अनुसारको मकै उत्पादन पाएका थिएनन् ।

पाँचथरमा उत्पादन हुने खेती मध्ये क्षेत्रफल र उत्पादनको हिसाबमा मकै प्रमुख खाद्यन्न बालिको रुपमा लिइन्छ । पाँचथरमा १८ हजार ६३२ हेक्टर जमिनबाट मकै खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय पाँचथरका वरिष्ठ कृषि अधिकृत कमलेस तिवारीले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया