MENU

बातावरण-कृषि

बझाङमा देखा पर्‍यो रानीखेत रोग

डीबी विष्ट/उज्यालो।

बझाङ, चैत ५ – बझाङको जयपृथ्वी नगपालिका भित्र रानीखेत रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

सोमबार सुआहार र जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको एक गोष्ठिमा रानीखेत रोग बझाङ जिल्लामा समेत देखा परेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख कर्णबहादुर खड्काले बताउनुभयो ।

जयपृथ्वी नगरपलिकाको लुयाँटा, चैनपुर, हेमन्तवाडा, रिठापाटलगायत क्षेत्रमा यो रोग देखा परेको खड्काको भनाई छ । किसानहरुले कुखुरा मर्न थालेको गुनासो गर्नथालेपछि जिल्ला पशु सेवा कार्यलयले तीन वटा कुखुराको ल्याब परीक्षण गर्दा रानीखेत रोग लागेको पुष्टि भएको खड्काले बताउनुभयो ।

अहिलेसम्म रानीखेत रोगका कारण २ सय ५० भन्दा बढी कुखुरा मरेको खड्काले बताउनुभयो । विषाणुका कारणले रानीखेत रोग लाग्ने भएकाले यसको नियन्त्रण गर्न निकै गाह्रो हुने उहाँको भनाई छ । यो रोग लागेपछि ८० देखि ८५ प्रतिशत कुखुरा मर्ने खड्काले बताउनुभयो ।

रोग फैलन नदिन रानीखेत विरुद्धको खोप अभियान केही दिनमा सञ्चालन गर्न जिल्ला पशु सेवा कार्यलयले पहल थालेको खड्काले जानकारी दिनुभयो ।

रोग लागेपछि कुखुरको श्वासप्रश्वास प्रक्रियामा कठिनाई हुने, नाक र मुखमा एक प्रकारको तरल पदार्थ बग्ने, खोकी लाग्ने, हरियो रङ्गको शुली छेर्ने, स्नायू सम्बन्धी लक्षण देखापर्ने, घाँटी बटार्ने, मातेको जस्तै हिड्ने, पक्षघात हुने, पखेटा बाहिर फिजाउने, अण्डा र मासुमा ह्रास आउने, चिरेर हेर्दा भित्रि अंगहरुमा आन्द्रा प्रोभेन्टीकुलस, फोक्सो, कलेजोमा रक्तश्राव भएको तथा प्रशस्त तरल पदार्थ जम्मा भएको जस्ता लक्षण देखा पर्ने गर्दछन् ।  यस्तो कुखुराको मासु खाँदा मानिसमा आँखा पाक्नेलगायतको असर गर्ने पशु चिकित्सकको भनाई छ । 

रोगलाई नियन्त्रण गर्नका लागि जिल्ला भरी नै रोग विरुद्धको भ्याक्सीन लगाउन पहल भईरहेको कार्यालय प्रमुख खड्काको भनाई छ । यसै रोगका बारेमा सतेत गराउन किसान, पशु स्वास्थ्यकर्मी, एग्रोभेट तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

बझाङ जिल्लामा झण्डै १५ हजार लोकल कुखुरा र गिरीराज, क्वाइलर गरी जम्मा ३० हजारभन्दा बढी कुखुरा रहेको जिल्ला पशु सेवा कार्यलयले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया