MENU

साहित्य/ कला

ujyaalo forign call inside

​रायनलाई लाइफटाइम एचिभमेन्ट सम्मान

काठमाडौं, चैत ५ – जनसांस्कृतिक महासंघ नेपालले जनवादी गायक रायनलाई लाइफटाइम एचिभमेन्टले सम्मान गरेको छ ।

महासंघले नारायणभक्त श्रेष्ठ अर्थात रायनलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । यसैगरी महासंघले जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७ विमल निभालाई, प्रगतिशील संगीत सम्मान जीवन शर्मालाई, जनवादी गायन सम्मान सीता आचार्यलाई, प्रगतिशील ललितकला सम्मान रामकृष्ण भण्डारीलाई, प्रगतिशील चलचित्र सम्मान सुभाष गजुरेललाई, प्रगतिशील नृत्य सम्मान जानुका राईलाई र प्रगतिशील नाटक सम्मान अशोक शिवाकोटीलाई प्रदान गरिएको छ ।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई १५ हजार रुपैयाँ नगदसहित ताम्रपत्र प्रदान गर्नुभयो ।

२०५५ साल चैत ५ गते काभ्रेपलाञ्चोकको अनेकोटमा तत्कालीन राज्य पक्षबाट प्रगतिशील गीत गाइरहेका सात जनकलाकारलाई सामुहिक हत्या गरिएको दिनको सम्झनामा महासंघले यस वर्षदेखि आजको दिनलाई सांस्कृतिक प्रतिशोध दिवसका रुपमा मनाउँदै श्रस्टालाई सम्मान गर्न थालेको महासंघका अध्यक्ष सरल सहयात्रीले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया