MENU

साहित्य/ कला

ujyaalo forign call inside

गायिका कमला श्रेष्ठको निधन

काठमाडौं, चैत ५ – गायिका कमला श्रेष्ठ ६९ वर्षको उमेरमा निधन भएको छ । 
 
नारायणगोपाल र गोपाल योञ्जनकी गीत गाएकी श्रेष्ठले २०२४ सालमा यादव खरेलको गीत गाएर रेडियो नेपालमा प्रथम हुनुभएको थियो । उहाँले त्यतिबेला स्वर्ण पदक जित्नुभएको थियो ।

विसं २०२५ सालमा भैरवबहादुर थापाले उहाँलाई नाचघरमा जागिर लगाइदिएका थिए । विसं २०२६ सालमा तारारत्न स्थापितसँत वैवाहिक जीवनमा बाँधिएकी कमलाका तीन छोरा उदय, विनय र बबिन रहेका छन् ।

नारायण गोपालको संगीतमा मुनामदनको ‘ईश्वर तैँले रचेर कसरी बिगारीस्’ मा सह–गायनमा साथ दिने कमलाले गोपाल योञ्जनको संगीतमा ‘म बाँच्ने उमेरहरु सारा हजुरलाई’, ‘कति टाढा खोलाको किनार’ पनि गाउनुभएको छ । 

प्रेमदेव गिरीको संकलन ‘सरर मलेवा’ उहाँको अर्को प्रसिद्ध गीत हो । ‘तारेभीरमा बाबियो लसरी, लाको माया छुट्ने कसरी’, ‘सल्लै हो जोवन कल्लैलाई हो’, जस्ता उहाँका गीत निकै चर्चित रहेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया