MENU

समाज

ujyaalo forign call inside

पाँचथरमा दोस्रो चौरी महोत्सव हुने

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, चैत ६ – दुर्लभ बन्दै गएको चौरी पालन व्यवसायलाई प्रवद्र्धन गर्न पाँचथरको फालेलुङ गाउँपालिका – ४, चाररातेमा दोस्रो चौरी महोत्सव हुने भएको छ ।
जिल्लाको उतरपूर्वी  फालोट क्षेत्रमा २०७५ वैशाख १ र २ गते दुई दिन महोत्सव लाग्नेछ ।

महोत्सवमा एकैपल्ट पाँच सय चौरी प्रदर्शन गर्ने तयारी रहेको महोत्सवका मुख्य आयोजक फालेलुङ – कञ्चनजंघा पर्या–पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष डिल्ली केरुङले बताउनुभयो ।

याक राइड, हर्स रेस, चौरीको दुग्धजन्य पदार्थको प्रदर्शनी तथा बेचबिखन, चौरी गोठालेहरुको प्रतिस्पर्धात्मक गोठाले खेल र साँस्कृतिक कार्यक्रम महोत्सवको मुख्य आकर्षणको रुपमा रहने बताइएको छ । नेपालका विभिन्न जिल्ला सँगै भारतको सिक्किम, दार्जिलिङ सम्मका दश हजार मानिसले महोत्वको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

भारतको सिँहलीला नेशनल पार्कसँगै जोडिएर रहेको ३२ मिटर उचाइको भू–भागमा लाग्ने महोत्सवमा फालोट क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी र जैविक विविधताको संरक्षणको सन्देश बाड्नेसमेत रहेको आयोजकले जनाएको छ । विभिन्न डेढ दर्जन संघ–संस्था र निकायहरुको प्रवद्र्धनमा हुन लागेको महोत्सवको सह–आयोजक भने इसिमोड नेपाल रहेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया