MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

कतै फेसबुकमा तपाईंको व्यक्तिगत जानकारी चोरिएको त छैन ?

चैत ६ – करोडौँ प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी भएको समाचार सार्वजनिक भएसँगै फेसबुकको शेयर ह्वात्तै घटेको छ ।

सोमबार अमेरिकी शेयर बजारमा फेसबुकको शेयरमा भारी गिरावट आएको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी गरेको आरोप लाग्दै आएको छ ।

न्यूयोर्क स्टक एक्सचेन्जमा यो समाचारको प्रभाव परेको देखियो । सोमबार फेसबुकको शेयर ६.८ प्रतिशतले घटेको थियो । फेसबुकले यो गम्भीर आरोप भएको बताउँदै यसको व्यापक छानविनको माग गरेको छ । उसले क्याम्ब्रिज एनालिटिकललाई निलम्बित गरेको छ । अमेरिका तथा कैयौँ यूरोपेली देशका सरकारले यो आरोप गम्भीर भएको बताउँदै यसको छानविन हुनुपर्ने माग गरेका छन् ।

बेलायतकी प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले यसलाई गम्भीर विषय भएको बताएका छन्, ‘मानिसहरुलाई आफ्ना व्यक्तिगत जानकारीहरु सुरक्षित छ भन्ने पक्का भरोसा हुनु आवश्यक छ । यसको प्रयोग उचित तरिकाले हुनुपर्छ । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएको आरोपलाई गम्भीर विषय बताउँदै फेसबुकलाई उचित कदम उठाउन माग गरेका छन् । 

कतिपयले आम नागरिकको व्यक्तिगत जानकारी बेचेर फेसबुकले पैसा कमाइराखेको आरोप पनि लगाएका छन् । जब कुनै विज्ञापनदाताले एउटा लक्षित उमेर समूहलाई केन्द्रित गरेर विज्ञापन गर्न चाहन्छ भने त्यो फेसबुकले सम्भव गरिदिन्छ । फेसबुक प्रयोगकर्ता शेयर गरेका सामग्रीहरु कुनै अमुक कम्पनीलाई फेसबुकले बेच्ने गर्दछ ।

तपाईं फेसबुकका लागि उत्पादन हुनुहुन्छ भने विञापनदाता कस्टमर । फेसबुकलाई मात्रै यस्तो आरोप लागेको होइन, गूगल, माइक्रोसफ्ट, याहो, अमेजन तथा ट्विटरलाई पनि प्रयोगकर्ताका व्यक्तिगत जानकारी तेस्रो पार्टीलाई बेचेको आरोप लाग्दै छ । 

–एजेन्सीकाे सहयाेगमा

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया