MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​प्राणीशास्त्र केन्द्रीय विभागका विद्यार्थीले मनाए विश्व भँगेरा दिवस

काठमाडौँ, चैत ६ - विश्व भँगेरा दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका विद्यार्थीले चरा अवलोकन गरेका छन् ।

 

त्रिभुवन विश्वविद्यालयका परिसर वरपरको जंगलमा गएर भँगेरा अवलोकन गरिएको विद्यार्थी आदित्य पलले जानकारी दिनुभयो । बढ्दो शहरीकरण र वनजंगल फडानीको कारणले बर्सेनि भँगेराको संख्या घट्दै गइरहेको छ । 

भँगेराको संरणको लागि जनचेतना जगाउन यो दिवस मनाइएको हो । भारतको नेचर फर एभर सोसाइटी र फ्रान्सको इको सिस एक्सन फाउन्डेसनसँगै अरु संस्थाहरुको सहयोगमा यो दिवस हरेक वर्ष मार्च २० मा मनाउने गरिन्छ ।

विश्व भँगेरा दिवस विश्वमा पहिलो पटक सन् २०१० मा मनाइएको थियो । अवलोकनमा २ प्रजातिका भँगेरा देखिएको थियो भने भँगेर सँगै अरु ३० प्रजातिका चरा देखिएको थियो । विश्वमा ३२ प्रजातिका  तथा नेपालमा ५ प्रकारका भँगेरा पाइन्छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया