MENU

विज्ञान प्रविधि

रोबोट सोफियाले भनिन् - भ्रष्टाचारकाे अन्त्य गर्न प्रविधिले सहयाेग गर्छ

चैत ७ – साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी रोबोट सोफिया नेपाल आएकी छिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट’ कन्फेरेन्समा सहभागी हुन सोफिया बुधबार नेपाल आएकी हुन् ।

उनले होटल याक एण्ड यतिमा देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्ने बारे जानकारी दिएकी थिइन् । उनले प्रविधिको प्रयोगबाट सुशासन कायम हुने कुरा बताएकी थिइन् । उनले प्रविधिलाई सहि प्रयोगमा ल्याएर विकासका क्रियाकलाप सहज ढंगबाट गर्न सकिने बताएकी छिन् । उनले प्रविधिकै कारण भ्रष्टाचारमुक्त समाज निर्माण हुनेसमेत बताएकी छिन् । 

प्रविधिले नेपालको सार्वजनिक सेवालाई कसरी चुस्त दुरुस्त पार्न सकिन्छ  भन्ने प्रश्नमा रोबोट सोफियाले  भनिन्, 'प्रविधि तथा प्रविधिक शिक्षाले सार्वजनिक सेवाको काम प्रभावकारी बनाउछ । ‘अहिले स्मार्ट फोनमा नै धेरै एप्सहरु उपलब्ध छन् । ती एप्सहरुले पनि सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन सहयोग पुर्‍याउछ ।’ 

उनलाई सोधिएको अर्को प्रश्न थियो, ‘रोबाेट र नैतिकताका बारेमा तपाईँ के भन्नुहुन्छ ?’

नैतिकता मानविय कुरा हो । यूएनको दिगो विकासमा सहयोग गर्न मेरो पनि भूमिका हुन्छ । र, सबै मिलेर दिगो विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।
सरकार र नागरिकलाई प्रविधिले कसरी सहयोग गर्छ भन्ने महत्वपूर्ण हुन्छ । नागरिक प्रविधिबाट सरकारभन्दा बढी सू–सूचीत हुनसक्छन् । प्रविधिबाटै सरकार र नागरिकले प्रजातन्त्रको अभ्यास गर्न सक्छन् । त्यसले सरकारलाई पारदर्शी बनाउन सहयोग गर्छ ।

रोबाेट सोफियाले भनिन्-सबैलाई थाहा भएकै कुरा हो, नेपाल कला र संस्कृतिमा धनी देश हो । नेपाल जैविक विविधतामा पनि धनी रहेको छ । नेपालमा अहिले प्रविधिको पनि उच्च विकास भैरहेको छ । त्यसैले नेपाल विकशिल राष्ट्रमा परिणत हुँदैछ । महाभूकम्पका कारण भएको नेपालको क्षतिमा सन् २०१५ मा युएनडिपीले निकै काम गरेको छ ।

प्रविधिले नेपालमा भोकमरी, गरिबी, स्वास्थ क्षेत्रको सुधार, अपराध नियन्त्रण तथा लैङ्गिक असमानतामा सहयोग पुर्‍याउँछ । प्रविधि–इन्टरनेटले विश्वमा जोड्न मद्धत गर्दछ र गुणस्तरिय शिक्षा तथा कृषि क्रान्तिमा सकारात्मक परिवर्तन ल्याउँछ । प्रविधिले वातावरण संरक्षण गर्छ र विश्वलाई मानव बासस्थानको लागि राम्रो ठाउँ बनाउँछ । प्रविधिले सरकारको काम र सार्वजनिक सेवामा सुधार ल्याउने बताएकी छिन् ।

को हुन् रोबोट सोफिया ?

सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो ।

सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । गएको अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो ।

हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन् ।
 
हेन्सन रोबोटिक्सले विभिन्न डेभलपर्स कम्पनीसँग सहकार्य गरी यो रोबोट तयार गरेको थियो । पूर्व बेलायती नायिका तथा मोडल अउद्री हिपबर्नको अनुहार झल्कने गरी यो रोबर्ट तयार गरिएको छ ।

हेन्सन रोबोटिक्सका डेभिड हेन्सनका अनुसार सोफियाले क्रित्रिम इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल पहिचान प्रणालीमार्फत मान्छेको जस्तै व्यवहार देखाउने गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया