MENU

बातावरण-कृषि

ujyaalo forign call inside

विश्व पानी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, चैत ८ – ‘प्रकृतिको लागि पानी’ भन्ने नाराका साथ बिहीबार विश्व पानी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि यो दिवस विश्वभर दिवस मनाउन थालिएको हो । 

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे जनचेतना जगाउन यो दिवस मनाउने गरिन्छ । विश्वमा अहिलेपनि ६६ करोड ३० लाख मानिस घर नजिक सुरक्षित वा स्वच्छ पानीको स्रोत बिना जीवन चलाउन बाध्य छन् । विश्वमा उत्पादन हुने फोहोर पानीको ८० प्रतिशत भन्दा बढी मात्रा मानव बस्तीबाट निस्कने गरेको छ । 

पछिल्लो तथ्यांक अनुसार विश्वमा १ अर्ब ८० करोड मानिसले प्रयोग गर्ने गरेको खाने पानीको स्रोत संक्रमित छ । यसबाट हैजा, झाडापखाला, पोलियोसहितका रोगको जोखिम बढेको राष्ट्रसंघले जनाएको छ । असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा हरेक वर्ष ८ लाख ४२ हजार मानिसको ज्यान जाने गरेको तथ्याङ छ । 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया