MENU

बातावरण-कृषि

वन जोगाउन उपभोक्ताको घरघरमा ग्यास चुलो उपहार

पुरुषोत्तम गिरी/उज्यालो । 

सल्यान, चैत ८ – वन जंगलको बिनासको कारण विभिन्न प्रकारका प्राकृतिक विपत्तिहरु बढ्दै गइरहेका बेला वन जोगाउन सल्यानको एक सामुदायिक वन समितिले एउटठा अभियान थालेको छ ।

शिद्ध कुमाख गाँउपालिका –३, ढोरचौरको एक सामुदायिक वनले वन जोगाउन उपभोक्ताका घर घरमा ग्यास चुलो वितरण गरेको छ ।

सित्तैमा एउटा ग्यास चुलो र भरिएको ग्यास सिलिन्डर पाएपछि उपभोक्ता हर्षित भएका छन् । सधैँ धुँवामा बसेर खाना पकाउदाको क्षणको स्मरण गर्दै मेघी सुनारले धुँवारहित चुलो पाएकोमा खुशी व्यक्त गर्नु भयो । यस्तै अर्का उपभोक्ता हिमा बुढाथोकीले पनि अब खान पकाउनका लागि दाउरा ल्याउन जंगल जान नपर्ने भन्दै खुशी हुनु भएको छ ।

वन जंगल जोगाउने उद्देश्यले ढोरचौरको दुवेरीचौर सामुदायिक वन समितिले  १ सय १५ घर धुरीलाई ग्यास चुलो वितरण गरेको छ ।  दुवेरीचौर सामुदायिक वन समितिका अध्यक्ष चेतकान्त न्यौपानेले वन उपभोक्ताका घरमा एक सेट ग्यास चुलो र एक वटा भरिएको ग्यास सिलिन्डर उपलब्ध गराएको बताउनु भयो । जथाभावी रुपमा भइरहेको वन फडानी न्युनीकरणका लागि वन समितिले यस्तो कामको सुरुवात गरेको उहाँले जानकारी दिनुभयो  । 

उपभोक्ता हरुलाई यसरी ग्यास चुलो वितरण गरेपछि अब बर्सेनि रुपमा कटान भई रहेका रुखहरु काट्न नदिने समितिले निर्णय गरेको उहाँले बताउनुभयो । वन समितिले समितिको खातामा रहेको रकमबाट खरिद गरिएका ग्यास चुलो गरिब, विपन्न, पिछडिएका उपभोक्तालाई मध्यनजर गर्दै वितरण गरेको हो ।
 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया