MENU

अर्थ

ujyaalo forign call inside

​आवास अनुदानका लागि थप १० अर्बको अख्तियारी

काठमाडौं, चैत्र ८ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास अनुदानका लागि थप ९ अर्ब ९५ करोड रुपैयाँको अख्तियारी प्रदान गरेको छ ।

घर निर्माण सुरु गरेका लाभग्राहीलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई अख्तियारी प्रदान गरेको हो । अर्थ मन्त्रालयले ९ अर्ब ९५ करोड रुपैयाँ प्राधिकरणलाई प्रदान गरेको थियो ।

भूकम्प प्रभावित जिल्लामा घर निर्माण भइरहेकोले अनुदान रकमको माग उच्च हुने भएकाले प्राधिकरणले थप बजेटको अख्तियारी दिएको हो । प्राधिकरणका प्रवक्ता यमलाल भूसालले लाभग्राहीलाई अनुदान रकम लिन कुनै ढिलाइ नहोस् भनेर जिल्लामा बजेट निकासाका लागि अख्तियारी दिएको बताउनुभयो ।

पछिल्लो तथ्यांक अनुसार ३ लाख ६७ हजार १ सय ६५ घर पुनर्निर्माण भइरहेका छन् । त्यस्तै ३ लाख ११ हजार ७ सय ३ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । ८२ हजार ५ सय ८८ लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत्र मसान्तसम्मलाई तोकेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया