MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​आज मौसम दिवस, पश्चिमी पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं, चैत ९ – ‘वेदर रेडी क्लाइमेट स्मार्ट’ भन्ने नाराका साथ शुक्रबार विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ । भविष्यमा हुने क्षती न्यूनिकरणको लागि मौसमको पूर्व जानकारी लिनु आवश्यक छ भन्ने सन्देश दिन यो नारा तय गरिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर ऋषिराम शर्माले बताउनुभयो । 

उहाँका अनुसार भविष्यमा हुने लामो खडेरी, चट्याङ, हुरीबतासलगायतका मौसमी अवस्थाको बारेमा थाहा पाउन सकेमात्रै पनि क्षती कम गर्न सकिनेछ । विश्व मौसम संगठन सम्बन्धी महासन्धी कार्यान्वयनमा आएपछि सन् १९५० देखि हरेक वर्ष मार्च २३ तारिखमा यो दिवस मनाउने गरिन्छ । 

सन् १९६६ मा नेपाल विश्व मौसम संगठनमा आवद्ध भएपछि नेपालमा मौसम पूर्वानुमानलगायत मौसम सम्बन्धी क्रियाकलापको थालनी भएको हो । अहिले नेपालका एक सय ३० वटा नदीमा स्वचालित जलमापन केन्द्र राखिएका छन् ।

यो आर्थिक वर्षभित्र थप १ सय ५० केन्द्र स्थापना गर्ने विभागको तयारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले १५ वटा स्टेशन मार्फत दैनिक तथ्यांक संकलनको काम गरिरहेको छ ।

तराई र पहाडमा मौसम जाँच्ने स्टेशन भए पनि टाढा भएकाले केन्द्रसम्म तथ्यांक संकलन गर्न समय लाग्ने गरेको मौसमविद्ले बताएका छन् । यसैबीच शुक्रबार पश्चिमी पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावले त्यस क्षेत्रमा पानी पर्नेछ । यस्तै कालो बादल लागेको ठाउँमा दिउँसोपछि हावाहुरी पनि चल्ने उहाँले जानकारी दिनुभयो ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया