MENU

विचार/अनुभूति

कक्षा ८ काे नेपालीको प्रश्नपत्रमा त्रुटि

- रमेश भट्टराई ‘सहृदयी’

कक्षा ८ अन्तर्गत आधारभूत तह परीक्षालाई जिल्ला स्तरीय परीक्षाको रूपबाट पनि बुझ्दै आइएको छ । शिक्षा ऐनको आठौँ संशोधनपछि कक्षा ११ र १२ सम्मलाई नै विद्यालय तहमा गाभिएकाले कक्षा ८ सम्मलाई भने आधारभूत तहका रूपमा मानिएको छ ।

नेपालभरि सञ्चालन भइरहेको माध्यमिक तहको एसईई सँगसँगै २०७४ अन्तर्गतको आधारभूत तहको वार्षिक परीक्षा पनि सञ्चालन भइरहेको छ । सबै जिल्लाले आ–आफ्नै तरिकाबाट सञ्चालन गरिरहेका परीक्षामा पहिलो दिन अर्थात् चैत ८ गते अंग्रेजी विषयको परीक्षा सञ्चालन भयो । विशेष गरेर एसईईको अन्तर्गतको अंग्रेजीको प्रश्नपत्रमा केही कमजोरी भएका खबर सञ्चार माध्यममा आए पनि दास्रो दिनमा सञ्चालित नेपाली विषयको परीक्षाको प्रश्नमा कमजोरी देख्नुपरेन । यो सकारात्मक पक्ष भयो । तर, काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित आधारभूत तह अन्तर्गतको नेपाली विषयको प्रश्नपत्रमा भने त्रुटि देखिएको छ ।

प्रश्न पत्रको प्रमाण पत्र नम्बर ४ (क) को वाक्य शुद्धीकरणमा अङ्कभार २ भएकाले ४ वटा गल्ति हुनुपर्नेमा ३ वटा मात्र गल्ति भेटिन्छ । ‘मानिससँग शोच्ने मस्तिस्क र काम गर्ने हाट छन् ।’ भनी सोधिएको सो प्रश्नलाई शुद्ध पार्दा ‘मानिसँग सोच्ने मस्तिष्क र काम गर्ने हात छन् ।’ भनेर शुद्ध पार्नुपर्ने हुन्छ । यसमा ‘शोच्ने’ लाई ‘सोच्ने’, ‘मस्तिस्क’ लाई ‘मस्तिष्क’ र ‘हाट’ लाई ‘हात’ बनाउनु पर्ने हुन्छ बाँकी ०.५ नम्बर कसरी दिने भन्ने पनि रहन्छ । यसरी हेर्दा विद्यार्थीलाई अन्याय गरिनु पक्कै असान्दर्भिक बन्ने नै भयो । त्यस्तै गरेर  सोही प्रश्नपत्रकै वाक्य परिवर्तन गर्नका लागि सोधिएको प्र.नं. ८ (क) को ‘राम र श्याम बजार गए ।

(बहुवचन)’ प्रश्नमा स्पष्ट गल्ति छ । यो सोधिएकै प्रश्न बहुवचनमा छ तर फेरि बहुवचन बनाउन निर्देशन दिइएको छ । यसरी हेर्दा विद्यार्थीले परीक्षा हलमा बुझेर सोध्लान् नै भन्ने पनि नरहँदो रहेछ । यस्तो प्रश्नमा केही विद्यार्थीहरूले दिएका उत्तरलाई हेर्दा : ‘उनीहरू बजार गए ।’ भन्ने उत्तर पाइयो । कतिपय विद्यार्थीले भने यो प्रश्नले एकवचन बनाउन निर्देश गरेको होला भनी प्रश्नको कमजोरीलाई आपैmँ सुधारेर पनि लेखे–‘राम बजार गयो ।’ कसैले यस्तो लेखे, ‘ऊ बजार गयो ।’ यसरी हेर्ने नै हो भने यसै प्रश्नको प्र.नं. २ (च) मा सोधिएको ‘कपडाको समानार्थी शब्द हो । (लुगा, कमिज, वस्त्र)’ भन्ने प्रश्नको उत्तर ‘लुगा’ मात्रै नभएर संस्कृत शब्द ‘वस्त्र’ पनि नमिल्ने भन्ने हुँदैन ।

यसरी हेर्दा यो कक्षाको परीक्षालाई सामान्य मानिएको हो कि भन्ने स्पष्टै देखिन्छ । हामीले सुन्दै आएको र महŒवपूर्ण ठानिएका स्तरमा जति कम लापर्वाही देखिन्छन् यस्ता परीक्षामा यस्ता कमजोरी किन देखिरहन्छन् ? आधारभूत तहको यो परीक्षालाई एक हिसाबले एसईई जति प्राथमिकतामा नराखिएको देखिन्छ ।

विषय विज्ञसँगको सहकार्य नगरी प्रश्न निर्माण गर्ने अनि सामान्य ठान्ने या त प्रश्न निर्माणसँग पैसाको लालच घुस्ने सोचले यस्ता विद्याका विषयमा अनि विद्यार्थीका जीवनमा खेलबाड गरिन्छन् । यस्ता घटना कति बाहिर आउँछन् कति आउँदैनन् तर विद्यार्थीको जीवनसँग खेलबाड गरिएका छन् । केही मानवीय कमजोरी होलान् तर धेरै लापर्वाही नै हुन् । देशका होनहार नागरिक तयार पार्ने शिक्षा क्षेत्रको संवेदनहीनताका त्रुटिसँग विद्यार्थीका भविष्य, मनोविज्ञान तथा विद्यार्थीको सोझोपनमा प्रहार भएका तिता विषय जोडिन्छन् ।

कपि जाँच्दा पैसाको मुठोमा आँखा गाड्ने, नम्बर दिनेलाई नदिने, आफ्नो स्तरमा विद्यार्थीको दिमागलाई तोल्ने जस्ता प्रशस्तै कमजोरीलाई अब भने ध्यान दिनैपर्छ । कतिपय विशिष्ट स्थानमा पनि आपूm निकटका र आफैँसँग ट्युसन पढे प्रश्नपत्र चुहावट गर्नेसम्मका घटना घट्छन् । अझ शिक्षक रिझाएर प्रयोगात्मक नम्बर पाइने कृपावादी सोचमा शिक्षाको गुणस्तर बढ्दो क्रममा छ भन्न सकिएला जस्तो लाग्दैन । यसर्थ प्रश्नपत्र परीक्षणमा हुने लापर्वाहीलाई सम्बन्धित निकायले कडाइ गर्नैपर्छ ।

नतिजा प्रकाशनमा विपरीत हुने, त्रुटि हुने तर त्रुटि सच्याउने सहज प्रक्रिया नहुने नीतिले बौद्धिक हिंसालाई प्रोत्साहन मिलेको देखिन्छ । यसर्थ यस्ता त्रुटिलाई सरोकार निकायले सामान्य मानेर पन्छनु अमर्यादित कार्य हुन जान्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया