MENU

राजनीति

ujyaalo forign call inside

वैशाख १५ गतेपछि सडकमा खाल्डाखुल्डी देखिए मन्त्री महासेठलाई फोन गर्नुस् !

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, चैत ११ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आउँदो वैशाख १५ गते भित्रमा देशैभरीका राजमार्गमा रहेका सबै खाल्डाखुल्डी बनाइसक्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणको अनुमगनपछि चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पूर्न निर्देशन दिएको बताउनुभयो । वैशाख १५ गते भित्र सडक विभाग अन्तर्गत पर्ने सबै राजमार्गमा खाल्डाखुल्डी देखिए आफूलाई फोन गरेर जानकारी अनुरोध गर्नु भएको छ ।

‘खाल्डाखुल्डीरहित राजमार्ग सम्भव छ र हुनुपर्छ, त्यसैले निर्देशन दिएको छु,’ उहाँले भन्नुभयो, ‘अब पनि राजमार्गमा सामान्य खाल्डाखुल्डी नपूर्ने सम्बन्धित निकायका कर्मचारीलाई कार्वाही गर्छु ।’ मन्त्री महासेठले खाल्डाखुल्डी भेटेको पाएमा सम्बिन्धित निकायका कर्मचारीलाई कार्वाहरी गर्ने चेतावनी दिनुभएको छ ।

काठमाडौं भित्रका सडकका खाल्डा १५ दिन भित्र पुरिसक्ने महासेठले बताउनुभयो । उहाँले आफू एक्लै पनि जुनसुकै समयमा सडकको अनुगमनमा निस्कने र खाल्डाखुल्डी भएको पाएमा सम्बिन्धित कर्मचारीलाई कार्वाहरी गर्ने जिकीर गर्नुभयो ।

नारायणगढ–मुग्लिन सडकको अनुगमनपछि मन्त्री महासेठले नारायणगढ–मुग्लिन सडक जेठ १६ गते भित्र निर्माण सम्पन्न हुने बताउनुभयो । ‘पहिला के भयो, कसो भयो, त्यसको पछि लाग्दैनौं’, उहाँले भन्नुभयो ‘अब समयमै काम सम्पन्न हुन्छ र हुनुपर्छ, नभए कार्वाही हुन्छ ।’ थपिएको मितिमा समेत काम सम्पन्न नभए सरकारले नियम अनुसार कारवाही गर्ने महासेठको भनाई थियो ।

केन्द्रीय सरकारको मातहतमा रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डको कामलाई सरकारले महत्वका साथ हेरिरहेको उहाँको भनाई थियो । नारायणगढ–मुग्लिन सडक खण्डमा १४ वटा नयाँ पुल बनाउन आफैले हस्ताक्षर समेत गरेको जानकारी दिँदै उहाँले सन् २०१९ को अगस्तसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

नारायाणगढ–मुग्लिन सडक खण्डमा रहेका १८ वटा पुल मध्ये ४ वटा पुल ठेक्का भई निर्माण भइरहेका छन् भने १४ वटा ठेक्का हुन बाँकी रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया