MENU

बातावरण-कृषि

सिमेन्ट उद्योगको प्रदुषण मापन गर्न सवा करोडको यन्त्र राख्ने सम्झौता

दाङ,चैत्र ११ – वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि दाङको घोराही उप–महानगरपालिका र वातावरण मन्त्रालय वातावरण विभागबीच सम्झौता भएको छ ।

घोराही उप–महानगरपालिकाको वडा नम्बर २ रामपुरमा वायु गुणस्तर मापक केन्द्र स्थापना गर्ने गरी उप–महानगरका मेयर नरुलाल चौधरी र विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

पश्चिमबाट पूर्वतर्फ हावाको बहाव बहने भएका कारण घोराही सिमेन्ट उद्योगको पूर्वीभाग रामपुर बजारको रामपुर प्रहरी चौकीको हाताभित्र वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने मेयर चौधरी र विभागका केमिस्ट पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवासहित घोराही बजार क्षेत्रसम्म दूरीको समेत वायु प्रदुषणको मापन गर्ने क्षमतासहितको करिब १ करोड २५ लाख रुपैयाँको वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने गरी सम्झौता गरेको मेयर चौधरीले जानकारी दिनुभएको छ ।

आउँदोे साढे २ महिना भित्र घोराही वायु गुणस्तर मापन केन्द्रको स्थापना गरिने विभागले जनाएको छ । उद्योगबाट निस्कने धुलो धुवा, फोहोर जलाएर निस्कने धुवा र पुराना गाडीबाट निस्कने धुवा सबै छुट्याउने र त्यसपछि न्यूनिकरण गर्नका लागि काम थालिने विभागका वातावरण निरीक्षक निर्मल चौधरीले जानकारी दिनुभयो ।

प्रदुषणको मापनपछि कार्ययोजना बनाएर प्रदुषण नियन्त्रणको काम हुने उहाँको भनाई छ । उक्त सम्झौता पत्रमा मेयर चौधरी, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया