MENU

बातावरण-कृषि

ujyaalo forign call inside

पूर्वी युरोपमा सुन्तला रंगको हिउँ परेपछि...

चैत ११ – पूर्वी युरोपका बासिन्दाहरू हल्का सुन्तला रङ्गको हिमपात भएपछि अचम्ममा परेका छन् । 

रूस, बुल्गेरिया, युक्रेन, रोमानिया र मोल्डोभामा सुन्तले रङ्गको हिमपात भएका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति भएका छन् । मौसमविद्हरूले भने सहारा मरुभूमि क्षेत्रबाट आएको आँधी र वर्षा मिसिएर सुन्तला रङ्गको हिमपात भएको भन्दै अचम्ममा नपर्न आग्रह गरेका छन् ।
 

यसअघि पनि हरेक पाँच वर्षको अन्तरालमा सुन्तला रङ्गको हिमपात हुने गरेकोमा यसपटक भने हिउँमा बालुवाको मात्रा अधिक भएको बीबीसीले जनाएको छ ।

मानिसहरूले आफूले हिमपात हुँदा बालुवा मुखमा परेको अनुभव गरेको बीबीसीलाई बताएका छन् । हिउँमा चिप्लेटी खेल्न गएकाहरूले रूसी सहर सोची नजिकै खिचेका तस्बिरहरू इन्टरनेटमा भाइरल बनेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया