MENU

बातावरण-कृषि

ujyaalo forign call inside

प्रदुषणको कारण मौसम धुम्म, यसवर्ष गर्मी बढ्ने अनुमान

काठमाडौं, चैत १२ – उपत्यकासहित अरु केही ठाउँको मौसम धुम्मिएको छ । प्रदुषणका कारण शहरी क्षेत्रको मौसम धुम्मिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

शहरी क्षेत्रमा प्रदुषण बढ्दै गएको र त्यसको प्रभाव मौसममा देखिन थालेको उहाँको भनाई छ । पानीको बाफमा धुवाँ धुलो टाँसिदा धुम्म हुने गरेको छ । उहाँका अनुसार विहानपख लाग्ने कुुुुहिरो सामान्य हावा चल्दा पनि हट्छ । तर धुलो र धुवाँका कारण धुम्मिएको मौसम खुल्न केहीबेर लाग्छ । 

यस्तै यो वर्ष गर्मी बढ्न सक्ने अनुमान पनि गरिएको छ । अहिलेसम्म आवश्यक्ता अनुसार पानी नपरेकाले भोलिदेखि देशका धेरै ठाउँमा तापक्रम वृद्धि हुने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

सामान्यतया हिउँदको समयमा ३४ मिलिमिटर पानी पर्नु पर्नेमा अहिलेसम्म २२ मिलिमिटर मात्र पानी परेको छ ।  

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया