MENU

बातावरण-कृषि

​चुरे क्षेत्रमा लागेको डढेलो निभाउन सकिएन

सुमित्रा कोइराला/उज्यालो ।

उदयपुर चैत्र १२ – उदयपुरको चुरे क्षेत्रको वनमा लागेको डढेलो निभाउन नसक्दा डढेलो निभाउना सकिएको छैन् ।

एक सातादेखि लागेको आगोले सयौ हेक्टर वन क्षेत्र सखाप भएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । सदरमुकाम वरिपरीका वन क्षेत्रदेखि चुरेसम्मको वन क्षेत्रमा आगो फैलिएको छ । जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार उदयपुरको अधिकांश वन डढेलोबाट नष्ट भएको छ । 

सामुदायिक वनले डढेलो नियन्त्रणमा चासो नदेखाउदा समस्या भएको र सुख्खा मौसमका कारण आगलागी निभाउन कठिन भएको उहाँको भनाई छ । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले वन क्षेत्रमा जताततै आगो फैलिएकाले नियन्त्रण गर्न समस्या भएको बताउनुभयो । वन कार्यालयको तर्फबाट पनि डढेलो निभाउने प्रयास भइरहको मेयरले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालय उदयपुरका सूचना अधिकारी लालबाबु यादवका अनुसार अहिलेसम्म ८ सय हेक्टर भन्दाबढी वन क्षेत्रमा डढेलो लागि सकेको छ । सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका विभिन्न भागमा डढेलो लागेको छ । स्थानियबासिन्दाले डढेलो निभाउन चासो नदेखाउदा वर्षेनी वन क्षेत्र सखाप हुने गरेको यादवको भनाई छ ।

हावाहुरीको मौसम भएकाले डढेलो अनियन्त्रीत हुन थालेको छ । डढेलो लागेको ठाउँमा चाँडै वन कर्मचारी पठाएर नियन्त्रणको प्रयास गरिरहेका छौं । भौगोलिक विकटताका कारण सबै ठाउँमा जनशक्ति पुग्न नसक्दा क्षति हुने गरेको सूचना अधिकारी यादवले बताउनुभयो 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया