MENU

साहित्य/ कला

ujyaalo forign call inside

यस वर्षको जानकी साहित्य पुरस्कार सूव सेनलाई

जनार्दन घिमिरे/उज्यालो ।

गुल्मी, चैत १२ – किरण पुस्तकालय गुल्मीले ‘जानकी साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।
 
गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गर्दैै यस वर्षको जानकी साहित्य पुरस्कार साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) लाई प्रदान गर्ने निर्णय गरेको हो । गएको लामो समयदेखि नेपाली भाषा, साहित्यका दीर्घसेवक, आख्यानकार, नाटककार एवं कवि रहेका सेनलाई जानकी साहित्य पुरस्कार प्रदान गर्न लागिएका किरण पुस्ताकालयका सचिव दिन पन्थीले जानकारी दिनुभयो ।
 
त्यस पुरस्कार आउँदो मोती जयन्तीका दिन प्रदान गरिने छ । साहित्यप्रति अत्यन्तै रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उहाँको परिवारद्वारा जानकी ज्ञवाली गौतम प्रतिष्ठान गठन गरी किरण पुस्तकालयमा १ लाख ५१ हजार १ सय ५१ रुपैंयाँको अक्षकोष स्थापना गरेको छ ।
 
कोषको ब्याजबाट प्रत्येक वर्ष त्यस पुरस्कार प्रदान गर्ने किरण पुस्तकालयले जनाएकोे छ ।  
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया